coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

गण्डकी विकास बैंकको बोनस पारित

काठमाडौं– गण्डकी विकास बैंक लिमिटेडको १९.३१०६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । कम्पनीको आइतबार बसेको १०औं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो ।बैंकले आर्थिक वर्ष ०७३-७४ सम्मको सञ्चित नाफाबाट उक्त बोनस सेयर वितरण गर्न लागेको हो ।

बोनस सेयरपछि बैंकको चुक्ता पुँजी दुई अर्ब ७५ करोड रुपैयाँ पुगेको छ ।सभाले आगामी चार वर्षको लागि ६ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको बैंकले जनाएको छ । निर्वाचित हुनेमा संस्थापक सेयरधनीको तर्फबाट पद्मप्रसाद पौडेल, सुशील गौचन र किशोर ओझा छन् भने सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणबहादुर बानिया, कृष्णबहादुर थापा क्षेत्री र वासुदेव त्रिपाठी छन् ।

 

प्रकाशित: २९ जेष्ठ २०७५ ००:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App