coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पेट्रोलियम पदार्थको कृत्रिम अभाव गर्ने डिपो प्रमुखसहित ३ पक्राउ

धनुषा- पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गरेको आरोपमा प्रहरीले साेमबार नेपाल आयल निगमको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरस्थित डिपोका प्रमुखसहित तीन जनालाई पक्राउ गरेको छ। 

निगमको महेन्द्रनगर डिपोका प्रमुख इञ्जिनीयर मोहनकुमार साह, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष विष्णुदेव साह र ट्याङ्कर व्यवसायी संघका अध्यक्ष किसुनदेव साहलाई प्रहरीले पक्राउ गरेको हो। चार पाँच दिनदेखि पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्न खोजेको भन्दै उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बजारमा पेट्रोलियम पदार्थको कृत्रिम अभाव सिर्जना गर्ने व्यवसायीमाथि निगरानी बढाइएको र बिक्री वितरण रोकेको खण्डमा पक्राउ गरी कारवाही गरिने प्रहरी उपरीक्षक गोविन्द थपलियाले बताए। 

निगमका कर्मचारी, पेट्रोलियम डिलर्स र ट्याङ्कर व्यवसायीबीचको विवादका कारण धनुषा, महोत्तरी र सिन्धुलीमा पेट्रोलियम पदार्थ अभाव भएको छ। ट्याङ्कर चालकको भत्ता दिने विषयमा पेट्रोलियम डिलर्स एशोसिएसन र पेट्रोलियम ढुवानी संघबीच विवाद हुँदा यस्तो अवस्था सिर्जना भए पनि डिपो प्रमुखले जबर्जस्ती एकाधिकार बढाएको आरोप लगाइएको छ। पेट्रोल पम्पले ट्याङ्कर चालकलाई ढुवानी बापत दिँदै आएको रु ६०० कटौती गरेपछि चालकले ढुवानी सेवा नै बन्द गरेको बताइएको छ। 

प्रकाशित: २८ जेष्ठ २०७५ १६:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App