७ वैशाख २०८१ शुक्रबार
समाज

अमेरिकी दूतावासद्वारा सञ्चार तथा द्वन्द्व समाधानसम्बन्धी तालिम शुरु

काठमाडौं- अमेरिकी दूतावासले नेपाली सेना वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा अन्तरसांस्कृतिक सञ्चार तथा नेतृत्व विकास तालिमको शृङ्खलाको थालनी गरेको छ। 

यस तालिमपछि वर्तमान तथा भावी शान्ति सेनामा सहभागी हुने नेपालीलाई आफ्नो अन्तर्राष्ट्रिय जिम्मेवारीमा सफल हुनका लागि आवश्यक अंग्रेजी भाषा सीप, सांस्कृतिक दक्षता तथा द्वन्द्व समाधान क्षमता प्राप्त गर्न सघाउने दूतावासले जनाएको छ। 

पन्ध्र वर्षभन्दा लामो समयदेखिको अमेरिकी सरकारको संलग्नतामार्फत प्रत्येक वर्ष एक हजारभन्दा बढी नेपाली शान्ति सैनिकले तालिम पाउँदै आइरहेका छन्। 

तालिमको उद्घाटन समारोहमा अमेरिकी सैनिक सहचारी प्र।से। ग्रेगोरी पाइप्सले नेपाली सेनाका प्रशिक्षकहरूको व्यावसायिक विकासका तालिम सञ्चालन गरिएको बताए। 

संयुक्त राष्ट्रसंघको औपचारिक भाषा अंग्रेजी भएको हुँदा शान्तिसेनामा सामेल हुने नेपाली सदस्यले आफ्नो अंग्रेजी भाषा सीपलाई तिखार्न र विस्तार गर्न महत्वपूर्ण छ। अंग्रेजीमा पोख्त भएमा उनीहरूलाई स्थलगत जिम्मेवारीमा खटिएको बेला बृहत् सहकार्य गर्न मद्दत पुग्ने बताइएको छ। 

नेपाली शान्ति सेना हाल मध्यपूर्वी तथा अफ्रिकी मुलुकहरूमा तैनाथ भएकाले उक्त तालिमले ती मुलुकका सांस्कृतिक मूल्य मान्यतासम्बन्धी सहभागीको बुझाइलाई समेत प्रष्ट बनाउनेछ। 

जुन महिनामा नेपाली सेनाका २५ जना प्रशिक्षकले तालिम पाउनेछन् भने त्यसपछि नेपाल प्रहरीका ७० जना अधिकृतका लागि दुई हप्तासम्म तालिम सञ्चालन गरिने दूतावासले जनाएको छ। 

प्रकाशित: २८ जेष्ठ २०७५ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App