coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

लामाटार–लुभु–बूढानीलकण्ठ यातायात सेवा सुरु

ललितपुर– महालक्ष्मी नगरपालिकाको लामाटारस्थित पाटीचौरदेखि काठमाडौंको बूढानीलकण्ठसम्म बस सेवा सुरु भएको छ। ‘हामी सबैको यातायात’ले सञ्चालनमा ल्याएका  टाटा कम्पनीका २७ सिटका  बसले सेवा सुरु गरेका हुन्।

सोमबार पाटीचौरमा आयोजित एक कार्यक्रममा महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठ, पत्रकार ऋषि धमला, महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रहरी नायब उपरीक्षक बिनोद सिलवाल, महालक्ष्मी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष वासुदेव शर्मा, ८ का वडाध्यक्ष विश्वराज श्रेष्ठ र ७ का वडाध्यक्ष नहकुल थापाले संयुक्त रुपमा बस सेवा सुरु गरे। 

पाटीचौर, धाराचौर, शंखादेवी, बिष्णुडोल, सिद्धिपुर, इमाडोल, ग्वार्को, सातदोबाटो, लगनखेल, रत्नपार्क, महाराजगञ्न्ज हुँदै बुढानिलकण्ठसम्म र फर्कदा इमाडोलबाट  टीकाथली, चांगाथली, लुभु, डाँडाथोकबाट पाटीचौर हुँदै धाराचौरबाट सिद्धिपुर निस्कने गरी दुईतर्फी बस सेवा सुरु गरिएको ‘हामी सबैको यातायात’ले जनाएको छ। 

महालक्ष्मी नगरपालिकाका मेयर रामेश्वर श्रेष्ठले महालक्ष्मी नगरपालिकादेखि बूढानीलकण्ठसम्म गरिएको बस सेवाले यस क्षेत्रका जनताका लागि सकारात्मक भूमिका निर्वाह गर्ने बताउँदै सडक पूर्वाधार विकासका लागि नगरपालिका दत्तचित्त भएर लागिपर्ने बताए। ‘बस सेवालाई प्रभावकारी बनाउन व्यवसायी, स्थानीय नागरिक र नगरपालिकाले समन्वयात्मक ढंगले काम गर्नुपर्छ’, उनले भने। 

बस रुटले किस्ट, पाटन, वीर, टिचिङ, गंगालाल, न्युरोलगायत अस्पताल जाने यात्रुलाई सहज भएको बताउँदै चाँडै बस संख्या थपेर ३६ वटा पु-याइने ‘हामी सबैको यातायात’का अध्यक्ष मोहन सापकोटाले बताए। कम्पनीले केवल नाफामुखी सोच मात्र नराखी सेवा दिने उद्देश्यले बस सञ्चालनमा ल्याएको व्यवसायी दिलकुमार लिम्बूको भनाइ छ। पत्रकार धमलाले बस सेवा सञ्चालनमा भूमिका खेल्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए। सिप्रदी ट्रेडिङका म्यानेजर इन्द्रमणि पोखरेलले व्यवसायीलाई साँचो हस्तान्तरण गरेका थिए। 

कार्यक्रममा स्थानीय महेश खड्का, डा. मदन विष्ट, सहकुल खत्री, डा. दीपेश केसी, विवेक कार्कीलगायतको उपस्थिति रहेको थियो। तत्कालीन लामाटार गाविसका पूर्वअध्यक्ष चिरञ्जीवी आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७५ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App