मास हिस्टेरियाका कारण विद्यालय बन्द

सोमबार, २८ जेठ २०७५, १६ : ४० नागरिक


खोटाङ– मास हिस्टेरियाका कारण खोटाङको  एक  विद्यालय बन्द गरिएको छ।

छात्रामा मास हिस्टेरियाको समस्या देखिए पछि पठन–पाठन नै प्रभावित हुँदा बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माबि बन्द गरिएको हो। सुरुमा एक–दुई जनाबाट सुरु हुने मास हिस्टोरिय क्रमशः अन्य छात्रामा सर्ने र एकैसाथ २०–२५ जनामा मास हिस्टोरिय देखिन थालेपछि सोमबारदेखि शुक्रबारसम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यपक तुलसीप्रसाद पोखरेलले बताए। आईतबार एकैसाथ २७ छात्रामा मास हिस्टोरिय देखिएपछि अभिभाबकलाई बोलाएर विद्यार्थी जिम्मा लगाएर पठाइए पनि सोमबार पुःन समस्या दोहोरिएपछि अभिभाबकको बैठकको निर्णय अनुसार विद्यालय बन्द गरिएको हो। ‘आईतबार छात्रामा समस्या देखिएपछि अभिभाबकलाई बोलाएर जिम्मा लगायौँ, पठन–पठान हुन सकेन,’ प्रअ पोखरेलले भने, ‘सोमबार पनि विद्यालय खुल्ने बित्तिकै २० जनामा समस्या देखिएकाले आईतबारदेखि खुल्नेगरी विद्यालय बन्द गरेका छौँ।’

छात्रा काम्ने, मुख बाउडिने, हात खुट्टा बाउडिने, खकार्ने, साथीलाई थुक्ने, चिथोर्ने लगायतका क्रियाकलाप देखाउन थालेपछि  श्रोत केन्द्र, शिक्षा समन्वय इकाईको कार्यालयसँगको परामर्शमा विद्यालय बन्द गरिएको प्रअ पोखरेलले बताए। छात्राले अस्वभाबिक क्रियाकलाप देखाउन थालेपछि विद्यालयमा विद्यार्थीको भागाभाग नै भएको थियो।  हप्ता दिनअघि एक छात्रामा देखिएको समस्या क्रमशः अन्य छात्रामा सर्न थालेपछि अवस्था हेरेर विद्यालय बन्द गर्न भनिएको श्रोतव्यक्ती रामबिक्रम थापाले बताए।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad