coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

बिपन्न किसानलाई नगरपालिकाको ट्याक्टर सहयोग

कृषकलाई ट्याक्टर हस्तान्तरण गर्दै मेयर खगेन्द्र राई । तस्विरःमहेश्वर/नागरिक

उदयपुर-उदयपुरको चौदण्डीगढी नगरपालिकाले बिपन्न तथा गरिव किसानलाई अनुदान छुटमा ट्याक्टर प्रदान गरेको छ। नगरपालिकाको कृषि शाखाले नगरपालिकाका बिभिन्न वडाका लक्षित वर्गका किसानलाई ६ थान पावर ट्रेलर र ५ थान मिनी ट्याकटर गरी ११ थान ट्याक्टर प्रदान गरेको हो।
सोमबार एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका मेयर खगेन्द्र राईले किसानहरुलाई ट्याक्टर बितरण गरेका हुन्। ट्याक्टर वितरण गर्दै मेयर राईले नगरबासी किसानहरु आधुनिक प्रविधिबाट कृषि व्यवसायमा लाग्नुपर्ने बताए। परम्परागत र पुरानो पद्धतिको कृषि पेसाबाट किसानको पसिनाको मूल्य प्राप्त नहुने भएकाले नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग गरेर कृषि पेशामा लाग्न नगरबासीलाई ट्याक्टर उपलब्ध गराएको बताए।

प्रकाशित: २८ जेष्ठ २०७५ १०:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App