७ वैशाख २०८१ शुक्रबार
समाज

ट्राफिकलाई १ हजार घुस दिन खोज्दा फन्दामा

काठमाडौं– राजधानीमा ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा दुई जना आफै फन्दामा परेका छन्। 

शनिबार ठमेलमा ट्राफिक प्रहरीले चेकजाँच गर्ने क्रममा मोटरसाइकल चालक राज कर्माकार र पछाडी बस्ने (सवार) जीवन अधिकारीले १ हजार रुपैयाँ दिएर चेकजाँचमा खटिएका जवानलाई प्रलोभनमा पार्न खोज्दा फन्दामा परेका हुन्। उनीहरुलाई नियन्त्रणमा लिएर लैनचौर वृतले सार्वजनिक मुद्दामा अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी मोहनकुमार थापाले जानकारी दिए। 

उनका अनुसार ट्राफिक जवानले घुस लिन नमान्दा हुल हुज्जत गरी हातपात गर्न खाजेर धाकधम्की दिई ड्युटीमा अवरोध गरेपछि उनीहरूलाई पक्राउ गरिएको हो।

प्रकाशित: २८ जेष्ठ २०७५ ०९:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App