८ वैशाख २०८१ शनिबार
समाज

फरार अभियुक्त पक्राउ

उदयपुर-अदालतबाट दोषी ठहर भएर फरार अभियुक्त सोमबार पक्राउ परेका छन्।

कर्तव्य ज्यान आरोपमा जिल्ला अदालतबाट दोषी करार भइ फरार रहेका उदयपुर चौदण्डीगढी नगरपालिका ५ का ५० वर्षीय रामेश्वर चौधरीलाई सोमबार विहान १०ः०० बजे घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

जिल्ला अदालतले १ वर्ष जेल सजाय तोकेका उनी फैसला भएलगत्तै फरार भएका थिए। चौधरीलाई इलाका प्रहरी कार्यालय सुन्दरपुरका प्रहरी नायव निरीक्षक प्रमेश्वर ठाकुरको कमाण्डमा खटेको टोलीले पक्राउ गरी इलाका प्रहरी कार्यालय बेलटारमा बुझाएको छ। चौधरीलाई सदरमुकाम पठाउने  तयारी प्रहरीले गरेको छ। सदरमुकाम ल्याएपछि कारागार चलानका लागि उनलाई जिल्ला अदालतमा बुझाउने प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए। एकवर्षअघि अदालतबाट दोषी प्रमाणित भए पनि फरार रहेकाले प्रहरीले उनलाई खोजी सूचीमा राखेको थियो।

प्रकाशित: २८ जेष्ठ २०७५ ०९:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App