coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

विशेष कारण भन्दै संसदका बैठक स्थागित

काठमाडौं– मन्त्रालयगत विभिन्न शिर्षकमा छुट्याइएको बजेटको पुस्तक नछापेका कारण सोमवार पनि संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । यहि कारणले आइतवार पनि बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित गरिएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक जेठ ३० गते बुधवार विहान ११ बजे बस्ने गरि निर्धारण गरिएको संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचना पत्रमा उल्लेख छ ।

आइतवारका लागि प्रतिनिधिसभाकाे दैनिक कार्यसूचीमा ४ वटा मन्त्रालयको विनियोजन विधेयकको विभिन्न शीर्षकमाथि छलफल गर्ने कार्यक्रम थियो। स‌ंसद सचिवालयले ६ दिनसम्म मन्त्रालयगत छलफल गर्ने र ३ दिनसम्म सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यतालिका बनाएको थियो । बैठक दैनिक ५ घन्टासम्म छलफल गरेर विनियोजन शीर्षकमाथिको छलफल सकाउने भनिएपनि सांसदहरुले बजेट पुस्तिका नपाएपछि बैठक जेठ ३० गतेका लागि बोलाइएको छ ।
 
संयुक्त बैठक पनि स्थगित
आज सोमवारका लागि निर्धारण गरिएको संघीय संसदको संयुक्त बैठक पनि स्थगित गरिएको छ । आजको बैठकमा संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली २०७५ पारित गर्ने कार्यसूची थियो ।

संघीय संसदका महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचना पत्रमा भनिएको छ, ‘सोमवार दिउसो एक बजे बस्ने गरी सूचना गरिएको संघीय संसदको दुवै सदनको संयुक्त बैठक विशेष कारणवश बस्न नसक्ने भएकोले सभामुख र अध्यक्षको निर्देशानुसार सो बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्योहोरा अवगत गराइन्छ ।’
 उल्लेख छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App