coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सुन तस्करीका नाइके गोरे, खत्री, भुजुङ र बाङ्गेल केन्द्रिय कारागारमा

काठमाडौं – साढे ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणि उप्रेती गोरे, एसएसपी श्याम खत्री, भुजुङ गुरुङ, छिरिङ बाङ्गेल घलेलाई काठमाडौं ल्याइएको छ। उनीहरुलाई केन्द्रीय कारागारमा राखिएको छ।

जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएपछि सोमबार थप अनुसन्धानको लागि ल्याइएको हो।

घटना छानविन गर्न गठित समितिले थप अनुसन्धानका लागि उनीहरुलाई काठमाडौं पठाउन माग गरेकोमा जिल्ला अदालत, मोरङले उनीहरुलाई काठमाडौं लैजान अनुमति दिएको हो।

चारै जनालाई काठमाडौंमा ल्याएर सम्पत्ति शुद्धीकरण लगायतका अन्य विषयमा अनुसन्धान गरिने स्रोतले जनाएको छ। यसैगरी फरार रहेका अभियुक्त मोनकुमार अग्रवाल (एमके)लाई सम्पति शुद्धीकरणमा मुद्दा चलाइने छानविन समितिले जनाएको छ। सुन तस्करीका मुख्य अभियुक्त मानिएका गोरे जेठ १० गते पक्राउ परेका थिए।

प्रकाशित: २८ जेष्ठ २०७५ ०७:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App