१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बलात्कारका दुई आरोपी पक्राउ

गौशाला – महोत्तरी जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा बालिका र किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार जलेश्वर नगरपालिका–६ धबौलीस्थित आँप बगैँचामा खेलिरहेकी एक छ वर्षीया नाबालिकालाई बलात्कार गरेको आरोपमा स्थानीय १७ वर्षीय मो हसमत अंसारीलाई पक्राउ गरिएको हो।

त्यस्तै औरही नगरपालिका–६ की एक १७ वर्षीया किशोरीलाई सोही स्थानको उखुबारीमा लगी बलात्कार गरेको आरोपमा स्थानीय ७० वर्षीय कालीचरण चौधरीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक कडायतले बताए।

पक्राउ परेका दुवैजनालाई प्रहरीले जबर्जस्ती करणी मुद्दा दायर गरी घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जनाएको छ। रासस

प्रकाशित: २८ जेष्ठ २०७५ ०७:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App