coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

खोटाङमा बन्यो कांग्रेसको छायाँ सरकार

खोटाङ – स्थानीय तहमा हुने गलत कामको खवरदारी गर्न भन्दै नेपाली कांग्रेस खोटाङले छायाँ सरकार र अनुगमन समिति बनाएको छ। सदरमुकाम दिक्तेलस्थित वीपी स्मृति भवनमा बसेको कांग्रेस जिल्ला कार्य समितिको बैठकले स्थानीय तहमा हुने गलत कामको रेखदेख गर्न भन्दै १० स्थानीय तहमध्ये ६ स्थानीय तहमा छायाँ सरकार र ४ स्थानीय तहमा अनुगमन समिति गठन गरेको हो।

स्थानीय तहको निर्वाचनमा आफुले पराजय भोगेको स्थानीय तहमा छायाँ सरकार र आफ्ना उम्मेदवार विजयी भएको स्थानीय तहमा अनुगमन समिति गठन गरिएको कांग्रेसका जिल्ला सभापति नरेशकुमार श्रेष्ठले बताए। स्थानीय सरकारको अशल कामका लागि सहयोग र खराब कामका लागि बिरोध गर्न छायाँ सरकार र अनुगमन समिति निर्माण गरिएको उनले बताए।

कांग्रेसका उम्मेद्वार पराजित भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा तिर्थ भट्टराईको संयोजकत्वमा छायाँ सरकार तथा दुर्गाप्रसाद घिमिरेको संयोजकत्वमा अनुगमन समिति, रावाबेँसी गाउँपालिकामा जनक कार्कीको संयोजकत्वमा छायाँ सरकार र फटिककुमार श्रेष्ठको संयोजकत्वमा अनुगमन समिति, केपीलासगढी गाउँपालिकामा समिर राईको संयोजकत्वमा छायाँ सरकार गठन गरेको छ। यस्तै आफ्नो उम्मेद्वार पराजित भएको साकेला गाउँपालिकामा ईच्छुराम रानाको संयोजकत्वमा छायाँ सरकार, खोटेहाङ गाउँपालिकामा प्रेमकुमार राई र जन्तेढुङगा गाउँपालिकामा खेमबहादुर खडकाको संयोजकत्वमा छायाँ सरकार गठन गरिएको सभापति श्रेष्ठले बताए।

यस्तै, कांग्रेसका उम्मेद्वार प्रमुखमा बिजयी भएको हलेसी तुवाचुङ नगरपालिकामा चक्र राईको संयोजकत्वमा अनुगमन समिति गरिएको छ। एसेलुखर्क गाउँपालिकामा हरिराम राजभण्डारी, बराहपोखरी गाउँपालिकामा भूवन श्रेष्ठ र दिप्रुङ चुईचुम्मा गाउँपालिकामा केशवराज कार्कीको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ।

छायाँ सरकार र अनुगमन समिति ७/७ सदस्यीय रहने कांग्रेसले जनाएको छ। ‘जुनसुकै पार्टीका होस्। स्थानीय सरकारको राम्रो काममा कांग्रेसको साथ रहन्छ, खराब काम भए आवाज उठाउँछ,’ सभापति श्रेष्ठले भने, ‘भ्रष्टाचार, ढिलासुस्ती र अन्यायका बिरुद्धमा आवाज उठाउनका लागि छायाँ सरकार र अनुगमन समिति बनाएका हौँ।’

प्रकाशित: २८ जेष्ठ २०७५ ०६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App