coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

फ्रेन्च ओपनमा नाडालको कीर्तिमान

पेरिस – स्पेनका राफेल नाडालले आइतबार डोमिनिक थिएमलाई ३–० को सेटमा हराउँदै कीर्तिमानी ११औं फ्रेन्च ओपनको उपाधि जितेका छन्।

३२ वर्षे नाडालले सातौं वरियाताप्राप्त अष्ट्रियाका थिएमलाई ६–४, ६–३, ६–२ को सेटमा हराएका हुन्। थिएमको यो पहिलो ग्रान्डस्लाम फाइनल हो। यसअघि २००५ देखी २००८ सम्म लगातार ४ पटक फ्रेन्च ओपनको उपाधि जितेका नाडालले २०१० देखी २०१४ सम्म पून लगातार ५ पटक उपाधि उचालेका थिए। गत वर्ष स्विट्जरल्यान्डका स्टेन वावरिन्कालाई ३–० को सेटमा हराउँदै पेरिसमा उपाधि जितेका नाडालले यस वर्ष थिएमलाई पनि ३–० कै सेटमा हराउँदै कीर्तिमान जित फराकिलो बनाएका हुन्।

‘डोमिनिकले राम्रो खेले। उनले केही साता यता राम्रो टेनिस खेल्दै आएका थिए। उनी प्रतियोगिताका लागि आवश्यक एक खेलाडी हुन्,’ तेस्रो सेटमा आंैलामा चोट लग्दा गाह्रो भएको भन्दै नाडालले थपे, ‘११औं उपाधि । यो एक सपना थियो।’

११औं फ्रेन्च ओपनको उपाधि जितेका नाडालले ३ युएस ओपन, २ विम्बल्डन र एक अस्ट्रेलियन ओपनको उपाधि जितेका छन्। ग्रान्डस्लाम उपाधि १७ पु-याएका नाडाल रोजर फेडेरर भन्दा ३ उपाधिले पछि छन्। फेडेररले २० वटा ग्रान्डस्लाम उपाधि जितेका छन् । तथापी फेडेररले एउटामात्र फ्रेन्च ओपन जितेका छन्।

विश्व नम्बर एक रोमानियाकी सिमोना हेलेपले शनिबार १०औं  वरियताप्राप्त अमेरिकाकी स्लोनी स्टेफनलाई पराजित गर्दै फ्रेन्च ओपनको उपाधि जितेकी छिन्। हेलेपले फ्रेन्च ओपनको उपाधि जितेको यो तेस्रो पटक हो।
‘मैले आज पनि हारे भन्ने सोचेको थिए। फेरी एक पटक म निराश हुने भए। तर, मैले खेल्नुपर्छ भन्ने लाग्यो,’ २६ वर्षे हेलेपले भनिन्, ‘जब मैले जित्न थाले, पूनरागमन गर्ने मौका यही हो। आत्मबल बढ्दै गयो र मेरो खेल पनि राम्रो भयो। त्यसै कारण यो उपाधि सम्भव भयो। मेरा लागि यो विशेष क्षण हो। किनकी टेनिस खेल्न थालेदेखी मैले यहाँ उपाधि जित्ने सपना साचेको थिए।’

युएस ओपन विजेता स्टेफनलाई हेलेपले ३–६, ६–४, ६–१ को सेटमा पराजित गरेकी हुन्। हेलेपले यसअघि पेरिसमा २०१४ र २०१७ को उपाधि जितेकी थिइन्।

प्रकाशित: २८ जेष्ठ २०७५ ०५:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App