८ वैशाख २०८१ शनिबार
खेल

एन्डरसन ६ साता मैदान बाहिर

लन्डन – इङल्यान्डका तीब्र गतिका बलर जेम्स एन्डरसन कुमको चोटका कारण ६ साता मैदान बाहिर बस्ने भएका छन्।

तर, एन्डरसन ६ साता मैदान बाहिर बसेपनि उनी भारतविरुद्ध हुने टेस्ट शृंखलासम्मा पूर्ण रुपमा फिट हुँदै मैदान फर्कनेमा इङल्यान्ड क्रिकेट बोर्ड(इसीबी) आशावादी छ।

‘एन्डरसन पूर्ण रुपमा फिट छैनन,’इसीबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उनमा केही समयदेखि कुमको समस्या थियो। भारतविरुद्ध हामीले अगष्ट १ बाट ५ वटा टेस्ट शृंखला खेल्दै छौ र त्यो भ्रमण अवधि करिब ६ साताको हुनेछ जनु निकै लामो भ्रमण अवधि हो। त्यसैले हामीले उक्त शृंखलासम्म पूर्ण रुपमा फिट हुन भनेर एन्डरसनलाई विश्राम दिएका हौ।

एन्डरसनले हालै घरेलु मैदानमा पाकिस्तानविरुद्ध १–१ को बराबरीमा सकिएको दुई टेस्ट शृंखलाका खेलेका थिए। ६ साता मैदान बाहिर बस्ने भएसँगै उनले अस्ट्रेलियाविरुद्धको एक दिवसीय शृंखला गुमाउने भएका छन्।

इङल्यान्ड र भारतबीचको पहिलो टेस्ट अगस्ट १ मा इड्गावस्टनामा सुरु हुनेछ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०४:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App