७ वैशाख २०८१ शुक्रबार
कला

शत प्रतिशत जीवन सार्वजनिक

 काठमाडौं – लामो समयदेखि अमेरिकामा बस्दै आएका नेपाली मूलका अंग्रेजी लेखक राजन थपलियाले ‘हन्ड्रेड पर्सेन्ट लाइफ’ सार्वजनिक गरेका छन् ।केहि दिनअघि क्यानडाको डिजिटल जर्नलबाट सार्वजनिक भएको उनको किताब न्यूयोर्कको कुइन्स क्रोेनिकल र लन्डनको वोर्लडनेट डेलीबाट पनि सार्वजनिक भएको थियो । पुस्तक नर्थ क्यारोलिनास्थित लुलु प्रेसबाट प्रकाशित भएको हो।

शत प्रतिशत जीवन एक आत्मप्रेरक पुस्तक भएको थपलियाले बताए । ‘पुस्तकले आफू को हो ? जन्मेपछि गर्नुपर्ने कर्तव्य के हो ? हामी जीवनमा असफल हुनका कारण के हुन् ? कसरी जीवनलाई शत प्रतिशत बनाउने सकिन्छ भन्ने कुरा वैज्ञानिक ढंगले उल्लेख गरिएकोे छ,’ थपलियाले भने, ‘पुस्तकले आफ्नो आत्मासँग कसम खाएर अघि बढे संसारमा जे पनि गर्न सकिन्छ भन्ने पुस्तकको उद्देश्य हो ।’ फुट मेडिसिनका विद्यार्थी थपलियाको यो  ११ औं कृति हो । थपलियाका लेख हफपोस्ट, दि इलाइट डेली र दि न्युयोर्क सिटी पोस्टमा पनि प्रकाशित भइसकेका छन् ।
 

प्रकाशित: २८ जेष्ठ २०७५ ०४:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App