coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पको रिसमाथि फ्रान्सको निन्दा

ओट्टवा – विश्वका प्रमुख छ औद्योगिक राष्ट्रहरुको समूका ‘जी सेभेन’को शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाएको रिसलाई फ्रान्सले कडा शब्दमा निन्दा गरेको छ।

क्यानडामा आयोजना भएको जी सेभेन शिखर सम्मेलन कटुतापूर्ण रूपमा समापन भएपछि फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले अमेरिकी राष्ट्रपतिको निन्दा गरेको बिबिसीले उल्लेख गरेको छ। ‘रिसको मुठ्ठीले कूटनीतिलाई निर्धारण गर्न सकिँदैन,’ ट्रम्पलाई उद्धृत गर्दै म्याक्रोंले बताएका छन्।

जी सेभेनको शिखर सम्मेलनलाई बीचमै छोडेर उत्तर कोरियाली नेता किम जोङ–उनसँग शिखर बैठक गर्न सिंगापुर हिँडेका ट्रम्पले विमानबाटै क्यानेडाली प्रधानमन्त्री जस्टिन ट्रुडो धूर्त र कमजोर भएको आरोप लगाउँदै सम्मेलनपछि जारी गरिने संयुक्त विज्ञप्तिप्रति आफ्नो असहमति रहने बताएका थिए। क्यानडा सम्मेलनपछि अमेरिका र उसका गठबन्धन राष्ट्रबीच पछिल्लो समय देखिएको व्यापारसम्बन्धी विवादलाई समाधान गर्ने अपेक्षा गरिएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले सम्मेलनको निष्कर्षसहितको संयुक्त विज्ञप्तिलाई स्वीकार नगर्ने बताए पनि फ्रान्सेली राष्ट्रपति म्याक्रोंको कार्यालयले भने निष्कर्ष र संयुक्त विज्ञप्ति दुवैलाई स्वीकार गर्ने जनाएको छ।

‘रिसको मुठ्ठीले अन्तर्राष्ट्रिय सहयोगलाई शासन गर्न सक्दैना,’ फ्रान्सेली राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App