coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्रयाक्टर पल्टिँदा एकको मृत्यु

राजविराज – पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–६ स्थित पुलमा ट्र्याक्टर ठोक्किँदा आज बिहान एक जनाको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको स १ त ५४५६ नम्बरको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पुलमा ठोक्किँदा ट्रयाक्टरमा सवार खडक नगरपालिका–४ का १६ वर्षीय किरणकुमार रामको मृत्यु भएको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताए।

दुर्घटनामा परी गम्भीर घाइते भएका रामको उपचारका क्रममा लहानस्थित सप्तऋषि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै दुर्घटनामा परी सोही ट्रयाक्टरमा सवार खडक नगरपालिका–३ का ३५ वर्षीय सञ्जयकुमार चौधरी पनि घाइते भएको र उनको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको छ।

ट्र्याक्टर र चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। रासस

प्रकाशित: २८ जेष्ठ २०७५ ०३:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App