दाताको प्रवेश रोक्न माग

सोमबार, २८ जेठ २०७५, ०७ : ११ नागरिक

काठमाडौं – दाताको रकमले सांसदलाई प्रशिक्षण दिएको भन्दै सांसदले आपत्ति जनाएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै नेकपाका सांसद झपटबहादुर रावलले सरकारले विनियोजन गरेको बजेटलाई थन्काएर युएनडिपीको बजेट संसद्भित्र कसरी र किन प्रवेश गराइयो र कसको निर्देशनमा भएको हो भन्दै प्रश्न उठाए।

तीन दिनअघि युएनडिपीअन्तर्गतको ‘पार्लियामेन्ट सपोर्ट प्रोजेक्ट’को आर्थिक सहयोगमा सांसदहरूलाई दुई दिने प्रशिक्षण दिइएको थियो। सांसदलाई सामान्य अभिमुखीकरण गर्नका लागि पनि राज्य सक्षम छैन त भन्दै उनले छैन भने संसद्लाई जानकारी गराउन माग गरे। संसद् र सरकार दुवै नेकपाको भएका बेला सरकारले चुनावी घोषणा विपरित संसदमा दातालाई प्रवेश गराएको उनको उनको टिप्पणी थियो। उनले भने ‘चुनावी घोषणापत्रविपरीतको काम किन हुँदैछ, घोषणापत्रमा उल्लेख भएका कुरा सरकार र संसद्ले के बिर्सेको हो?’ पार्टीको घोषणापत्रले राष्ट्रिय प्राथमिकताका आधारमा विदेश सहयोग परिचालन गरिने किटान गरेको छ उनले भने। रावले आफ्नै स्रोत र साधनबाट सम्पन्न गर्न सकिने काममा पनि परियोजनाको बजेटले प्राथमिकता पाएकोमा यसलाई रोक्नुपर्ने बताए।

संयुक्त राष्ट्रसंघको बडापत्रले सदस्य राष्ट्रको सार्वभौमिकतालाई समान महत्व दिएको भन्दै उनले आफ्नो देशले आफ्नो निर्णय गर्न कसैले रोक्न नसक्ने बताए। ‘विकासित मुलुलहरूले अविकसित मुलुकमा यस्ता विभिन्न परियोजना मार्फत नीति निर्माण तथा न्यायलयसम्म प्रवेश गराएा छन्,’उनले भने।

सार्वभौम सांसदहरूलाई दाताको निर्देशनमा हिडाउन मिल्दैन भन्दै उनले भने २००८ देखि संसद भवन प्रवेश गरेको यो परियोजनाका कारणले संविधान जारी हुन नसकेको हो। ‘लिगल अडिट’ समेत गर्न नमिल्ने निकायले राज्यको प्राथमिकता भन्दा बाहिर गई पकड जमाइरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताए। उनले राष्ट्रले तोकेको राष्ट्रिय आवश्यकताका विषयमा परियोजनाले खर्च गर्छ भने मात्र त्यस्तोलाई मान्यता दिनुपर्ने धारणा राखे।

संयुक्त राष्ट्रसंघको बडापत्र, नेपालको संविधान, निर्वाचनमा एमाले र माओवादीको चुनावी घोषणा पत्र, नेकपाको विधानले स्वतन्त्र र सार्वभौमिक अधिकारलाई महत्व दिएको उनले बताए। ‘दातालाई संसद् भवनभित्र प्रवेश गराएर द्वन्द्वकालीन अवस्थाको झझल्को दिन खोजिएको कारण बुझ्न नसकेको उनले बताए। दाताहरूलाई राज्यका विभिन्न निकायमा प्रवेश गराएर सार्वभौमसत्तामाथि प्रहार गरी कमजोर बनाउने काम नहोस् र यस्ता खालका घटनाको पुनरावृत्ति नहोस्,’ उनले भने।

सरकारको ध्यानाकर्षण

काठमाडौं - प्रतिनिधिसभाको बैठकमा सांसदहरूले समाजमा भइरहेको बेथिति अन्त्य गर्न सरकारसँग माग गरेका छन्। नेमकिपाका सांसद प्रेम सुवालले समयमा निर्माण सम्पन्न गर्न नसक्ने सैलुन कन्स्ट्रक्सनका ठेकेदार शारदा अधिकारीलाई कारबाही गर्न माग गरेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहालले गृहमन्त्रीलाई बोलाएर कारबाही नगर्न भनेको कुरा बाहिर आएको भन्दै यसबारे सदनलाई जानकारी गराउन माग गरे । अधिकारी दाहालका घरभेटी हुन्।

नेकपाका सांसद खगराज अधिकारीले पोखरामा अन्तर्राष्ट्रिय उडान हुँदैन भन्ने भ्रमपूर्ण समाचार बाहिर आएको भन्दै यस्तो भ्रम छर्ने अधिकार कसैलाई नभएको बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अब कसैले रोक्न सक्दैन भन्दै पर्यटन मन्त्रालयलाई काम अघि बढाउन आग्रह गरे। उनले गलत समाचार प्रशारण गर्नेमाथि कारबाही गर्नसमेत माग गरे।

नेकपाका यज्ञराज सुुनुवारले बर्दिवास सिन्धुली सडकमा १० टन भन्दा बढी वजनको गाडी आवतजावतमा रोक लगाएपछि महोत्तरीमा थुप्रै गाडी थन्किएर बसेको भन्दै वैकल्पिक व्यवस्था नभई रोक्न नहुने उनले बताए। राजपाका राजकिशोर यादवले काम नगर्ने ठेकेदारले गृहमन्त्रालयलाई धम्काउने कुरा बाहिर आएको बताउँदै ठूला र सानालाई एकै कारबाही हुनुपर्ने उनले बताए। उनले हुलाकी सडक र अन्य सडकका ठेकेदारलाई कारबाही गर्न माग गरे। नेकपाकी सांसद पूर्णकुमारी सुवेदीले सरकारले बाढीको पूर्व तयारीको विषयमा संसद्लाई जानकारी दिन माग गरिन्। उनले बाढी पीडितलाई सुरक्षित आवासको व्यवस्था गर्नुपर्ने माग गरिन्।








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad