७ वैशाख २०८१ शुक्रबार
अर्थ

एसियन पेन्ट्सद्वारा आर्किटेक्चर विद्यार्थीको सम्मान

काठमाडौं– एसियन पेन्ट्स नेपालले विभिन्न आर्किटेक्चर विद्यार्थीलाई सम्मान गरेको छ ।कम्पनीले चार वर्षदेखि हरेक बास्तुशास्त्री विद्यार्थीलाई सम्मान गर्दै आएको छ।

यसपटकको बस्तुशास्त्र अन्र्तगतको प्रतिस्पर्धामा काठमाडौं इन्जिनियरिङ कलेजका विद्यार्थी निकेश महर्जन प्रथम भएको कम्पनीले जनाएको छ । कम्पनीले दोस्रो हुने अनिल वाइबालाई पनि सम्मान गरेको छ ।आर्किटेक्ट विषयका विभिन्न क्याम्पसका शिक्षक, विभिन्न इन्जिनियरलाई पनि कम्पनीले सम्मान गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।कम्पनीले उक्त प्रतिस्पर्धामा ३० जनालाई सम्मान गर्नुका साथै सोही विषयमा पूर्व थेसिस टपर पाँचजनालाई पनि सम्मान गरेको जनाएको छ ।

प्रकाशित: २८ जेष्ठ २०७५ ०१:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App