coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रौतहटमा डाक्टरको छोरा अपहरित

रौतहट– रौतहमा डाक्टरको छोरा अपहरणमा परेका छन्। स्थानीय कटहरिया नगरपालिका ९ डुुमरियाका चिकित्सक दिलिप साहको १२ बर्षीय छोरा शनिदेवल भन्ने युवराज साह अपहरणमा परेको परिवारजनले जनाएका छन्। शनिबार राति आफ्नै घरमा सुतिरहेको बेला राति १ बजेको समयमा अरिचित व्यक्तिहरुको समूहले ओछ्यानबाटै उठाएर वेपत्ता पारेको बालकका काका ओमप्रकाश साहले बताए।  

घरको भेन्टस्लेशनबाट पसेर अपहरणकारीले ढोका खोली बालकलाई ओछ्यानबाट उठाएर लगेको प्रहरीको आशंका छ। भेन्टिलेशनको लागि ठाउँखाली राखेको तर त्यसमा गृल वा काठको जाली नहालेको कारण अपहरणकारीलाई कोठाभित्र पस्न सजिलो भएको थियो। अपहरित बालक साह सुतेको कोठामा दुईवटा ओछयान रहेको दिदी, बहिनीसहित ४ जना सुतेकोमा बालकलाई मात्र उठाएर लगेको देखिएको छ। नाबालक सुतेकै कोठाबाट सामसुुंग कम्पनीको जे ७ मोबाइल र त्यसमा लागेको दुुईवटा सिमको खोजविन गर्न आइतवार बिहान ढिलैगरी उनका दाजुु निरञ्जन साह मोबाइल खाज्दै भाई सुुतेको कोठाभित्र जाँदा मोबाइलसंगै युुवराज पनि बेपता भएकोले उनी अपहरणमा परेको आशंका बढेको काका साहले बताए।

आइतवार विहान घरको ढोका खुलेको र वालक साह नभएको देखेपछि सबैले गाउँभरी खोजतलास गरेका थिए। ढोका कसले खोलेको हो भन्ने कुरो थाहा नपाउँदा र आफन्तहरुका सोधपुछ गर्दा पनि बालकको बारेमा केही थाहा नभएपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए।

घटनाको विषयमा थाहा पाउने वितिकै प्रहरी परिचालन भएको र रौतहट, बारा, पर्सा तथा सर्लाही जिल्लामा समेत प्रहरीले बालकको खोजविनका लागि चेकजाच बढाएको र सिमावर्ती नाकाहरुकमा समेत सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीको भनाई छ। 

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख रवीन्द्र केसीले ब्यापक रुपमा प्रहरी परिचालन गरी बेपता भएका नाबालकको खोज तलास भइरहेको बताए। बालक राति देखी नै घरबाट वेपता भएको तर अपहरणको कुनै संकेत न देखिएसम्म हराएको मात्र भन्न मिल्ने प्रहरी प्रमुखको प्रतिक्रिया छ। 

प्रकाशित: २७ जेष्ठ २०७५ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App