coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भोजपुरमा १० वर्षीया बालिकामाथि जबरजस्ती करणीको प्रयास

भोजपुर– भोजपुर सदरमुकाममा डेरा गरी बस्दै आएकी एक बालिकामाथि बलात्कारको प्रयास भएको छ। टेम्के मैयुङ्ग कटि घर भई हाल ललितपुरको हात्तीवनमा बस्ने ४५ वर्षीय मित्र राईले जबरजस्तीकरणी गर्ने प्रयास गरेको पीडित परिवारले बताएका छन्।

कोठामा टिभी हेरिरहेको बेला साइनोले बाजे पर्ने राई आएर म सँग सुत्न हिँड भनेर कोठामा लगी जबरजस्ती गर्न खोजेको पीडित बालिकाले आरोप लगाएकी छिन्। सो घटनापछि राई फरार रहेको बताइन्छ। छोरीको व्यवहारमा परिवर्तन देखेर आमाले सोधखोज गर्दा सो घटना सार्वजनिक भएको थियो।

पीडित पक्षबाट गत जेठ ५ गते नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा किटानी जाहेरी दिइएको थियो। तर, अहिलेसम्म पनि राईलाई पक्रन नसकेको र आफूहरुले पटक पटक प्रहरीलाई सोध्दा खोजी कार्य भइरहेको भनेर आश्वासन मात्रै पाएको पीडित परिवारले गुनासो गरे।

घटना ढाकछोप गर्न राजनीतिक दलमा आबद्ध केही अगुवाले पैसाको प्रलोभन देखाएर जाहेरी फिर्ता लिन दबाव दिएको पीडित परिवारले दुखेसो पोखेको छ।

यसबारे जिल्ला प्रहरी कार्यालयले राईको खोजी भइरहेको प्रतिक्रिया दिएको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ १३:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App