७ वैशाख २०८१ शुक्रबार
समाज

असार मसान्तसम्म सवारी लाइसेन्सको आवेदन बन्द

काठमाडौं- यातायात व्यवस्था विभागले देशभरका यातायात कार्यालयमा सवारी लाइसेन्स आवेदन लिने कार्य रोकेको छ। यातायात कार्यालय एकान्तकुना, सुकेधारा, जगाति, ठूलोभर्याङ, कोशी, नारायणी, लुम्बिनी, गण्डकी, मेची, सगरमाथा, जनकपुर, धौलागिरी, राप्ती, कर्णाली, भेरी, सेती र महाकालीका कार्यालयमा आवेदन लिन रोक लगाएको हो। विभाग कुनैपनि कार्यालयलाई फारम नलिन निर्देशन दिएको छ। यी कार्यालयहरुमा लाइसेन्सको लागि अनलाइनमार्फत फारम लिँदै आएको थियो।

अनलाइनबाट फारम भरेकाहरुको असार मसान्तसम्म ट्रायल, रिट्रायल सकेर राजश्व लगायतको हिसाव मिलान गर्नुपर्ने भन्दै चालु आर्थिक वर्षको लागि फारम लिन रोकेको जनाएको छ।

विभागका प्रवक्ता तुल्सीराम अर्यालका अनुसार फारम भरेकाहरुको ट्रायल लिन समय लाग्ने हुँदा आवको संकलित राजश्वको हिसाव मिलाउनको लागि रोक लगाएको हो।

विभागका शाखा अधिकृत राजन पोखरलेका अनुसार आजसम्म लिएका आवेदनको भने असार १५ भित्र ट्रायल तथा रिट्रायल परिक्षा हुनेछ। १५ गतेसम्म नभ्याइएको तथा त्यो भन्दा पछाडिको लागि फारम भरेकाको अनलाइन फारम भने रद्द गरिनेछ। पोखरेलका अनुसार आर्थिक वर्षको सम्पन्नसँगै साउन १ गते नियमित रुपमा आवेदन लिइनेछ।

प्रकाशित: २७ जेष्ठ २०७५ १३:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App