coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रस्ताव

काठमाडौँ-संघीय संसद्को संयुक्त बैठकको अध्यक्षता सभामुखले गर्ने प्रावधानसहितको ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (सञ्चालन) नियमावली २०७५’ प्रस्ताव गरिएको छ।

उक्त प्रस्तावसहितको नियमावली सोमबार अपराह्न १:०० बजेका लागि बोलाइएको संघीय संसद्को संयुक्त बैठकमा पेश गरिँदैछ। चवालीस दफा र ८ परिच्छेदसहितको प्रस्तावित नियमावलीमा संयुक्त बैठक, व्यवस्थापन कार्यविधि, जनमत संग्रह, संसदीय सुनुवाइ समिति, राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको व्यवस्था गरिएको छ। नियमावलीमा अन्य संयुक्त समितिको कार्यविधि एवं अधिकारको व्यवस्था पनि गरिएको छ।

 

प्रकाशित: २७ जेष्ठ २०७५ १२:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App