८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ लागेर कक्षा कोठाभित्रै दुई विद्यार्थीको मृत्यु

सुर्खेत- चट्याङ लागेर आइतबार चिंगाड गाउँपालिका–४ को धारापानी प्राविमा अध्ययनरत दुई बालबालिकाको मृत्यु भएको छ। कक्षा कोठामा अध्ययन गरिरहेको बेला विहान ११ बजे चट्याङ लागेर सात वर्षीय अम्मरबहादुर चन्द र निर्मला चन्दको मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरु कक्षा दुईमा अध्ययनरत थिए।

चट्याङ लागेर दुई जना घाइते भएका छन् । स्थानीय डोरप्रसाद शर्माका अनुसार कक्षा १ मा अध्ययनरत ५ वर्षीय निर्मल चन्द र पवित्रा शाही घाइते भएका छन् । उनीहरुको मटेला स्वास्थ्य चौकीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चर्तुवेदीले जानकारी दिए।

 

प्रकाशित: २७ जेष्ठ २०७५ ११:०९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App