coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

लक्ष्यभन्दा धेरै काम

हाडीखोला–वामीटक्सार–चुवाचिदी–तल्लाफाँट सडक खण्डमा मोतीदान कन्ट्रक्सन प्रालिले काम गर्दै। तस्बिरः शिवलाल/गुल्मी

गुल्मी – जिल्लाकै सबैभन्दा बढी ब्यस्त सडक रिडी–रुद्रवेणी–वामीटक्सार र बाग्लुङको खरवाङ्ग सडक खण्डको हाडीखोला–तल्लाफाँट खण्डमा सडक निर्माणले तीव्रता पाएको छ। 

जिल्लामा विभिन्न सडकहरू कालोपत्रे र स्तरोन्नती भइरहेका सडकहरूमध्ये उक्त सडक खण्डमा कामले तीव्रता पाएको हो। रिडी–रुद्रवेणी– वामीटक्सार र वाग्लुङको खरवाङ्ग सडकलाई विभिन्न खण्डमा छट्याएर काम भइरहेको भएपनि हाडीखोला–वामीटक्सार–चुवाचिदी–तल्लाफाँट सडक खण्डमा सडकको काम अपेक्षा भन्दा बढी भएको पाइएको छ। 

२०७३ सालको असोजमा २ वर्षमा काम सम्पन्न गर्नेगरी मोतीदान कन्ट्रक्सन प्रालि काठमाडौंबीच सम्झौता भएको तम्घास सिमलटारी प्युठान सडक आयोजनाले जनाएको छ। आयोजनाका अनुसार २०७५ असोज मसान्तभित्रमा काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि उक्त सडक खण्डमा जेठ मसान्तभित्रै ९५ प्रतिशत भन्दा बढी काम भएको छ बताइएको छ। 

हाडीखोला–वामीटक्सार–चुवाचिदी–तल्लाफाँट सडक निर्माण गर्नका लागि मोतीदान कन्ट्रक्सन प्रालि काठमाडौंसगँ ७५ सालको असोज मसान्तभित्र काम सक्नेगरी सम्झौता भएको हो आयोजना प्रमुख इन्जिनियर सुजन अधिकारीले भने,‘हामीले पैसा दिन सकेका छैनौ, काम असार मसान्तमै सकिने अवस्था आयो।’ उनका अनुसार करिब २४ करोडमा काम गर्ने जिम्मा पाएको निमार्ण कम्पनीलाई ९५ प्रतिशत काम हुदाँ पनि अहिलेसम्म जम्मा ११ करोड मात्र रकम भुक्तानी भएको छ। 

कतिपय ठाउँमा निर्माण कम्पनीहरूले काम नगरेर हैरान भएको छ आयोजन प्रमुख इन्जिनियर अधिकारी भन्छन ‘हामीले काम गरेकालाई पनि रकम भुक्तानी दिन नपाउदाँ दुःख लागेको छ।’ माथीबाटै रकम नआउदाँ भुक्तानी गर्न नपाएको उनले बताए। अधिकारी भन्छन‘ रुद्रवेणी, मजुवा, इन्द्रेगौडा, तल्लाफाँट, वामीटक्सार, हाडीखोला सडक खण्डमध्ये हाडीखोला, वामीटक्सार, तल्लाफाँटको १६ किमी सडकखण्डमा कामले तीव्रता पाएको छ।’

यता सडक निर्माणको काम गरिरहेको मोतीदान कन्ट्रक्सन प्रालि काठमाडाैंका पोजेक्ट म्यानेजर भागवत गिरीका अनुसार काम गर्दा पनि भुक्तानी नपाउँदा काम गर्नका लागि सारै अप्ठारो भएको बताए। हामीले असोज मसान्तसम्म काम सम्पन्न गर्नुपर्ने हो गिरीले भने,‘अझ समयमा भुक्तानी पाउँन सकेको भए यतिबेला काम सम्पन्न गरेर बुझाइसकिन्थ्यो।’ २४ करोडको ठेक्कामा ९५ प्रतिशत भन्दा बढी काम गर्दा पनि अहिलेसम्म जम्मा ११ करोड मात्र आफुले पाएको उनले गुनासो गरे।

कम्पनीले ११ करोड पनि ५० प्रतिशत भन्दा बढी काम सम्पन्न गरिसकेपछि भुक्तानी पाएको बताए। हाडीखोला–वामीटक्सार–चुवाचिदी–तल्लाफाँट सडक खण्डमा गिरीका अनुसार यस वर्ष कटिङ्ग, स्ट्रचर निर्माण, ग्राभेलको लागि सम्झौता भएको बताए। रिडी–रुद्रवेणी–वामीटक्सार–हाडीखोला सडक निर्माण सम्पन्न भएपछि गुल्मी लगायत छिमेकी जिल्ला बाग्लुङ र रुकुम सम्मका जनताहरूले यातायातको सहजै सेवा लिन पाउनेछन।

यो सडकमा जिल्लाकै सबैभन्दा बढी सवारीका साधनहरू चल्ने सडक समेत हो। ट्रयाक खोलिएको लामो समय बित्दापनि सडक स्तरोनती नहुदाँ यस क्षेत्रका सर्वसाधारणहरुले वर्षातको समयमा यातायातको ठुलो समस्या खेप्नु परेको थियो। अब भने सडकको काम अन्तिम चरणमा रहेकाले सहज हुने भएको छ। 

प्रकाशित: २७ जेष्ठ २०७५ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App