coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान

महिलालाई व्यवसायीक तरकारी खेती सामग्री हस्तान्तरण कार्यक्रममा सहभागी।   तस्बिर सौजन्य : ओजोनबाबु आचार्य

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ५५ महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको छ।

वित्तिय साक्षरता सम्बन्धी कक्षा लिएर तरकारी खेतीमा लागेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको हो।

वित्तीय साक्षरता कक्षा पूरा गरेपछि व्यवसायीकरुपमा गोलबेँडा, पालुङ्गो, काउली, मिटरे बोडी, तिते करेला, घिउ सिमी, मुला लगायतका तरकारी खेतीमा लागेका वा व्यवसायी तरकारी खेती गर्ने तयारी गरेका महिलालाई छनौट गरेर सिलपोलिन प्लाष्टिक, गार्डेन पाईप, स्प्रिङ कल र तरकारीको बीउ प्रदान गरिएको हो। 

बैदेशिक रोजगारमा संलग्न परिवारका महिलाका लागि सुरक्षित आप्रवासन परियोजना र बालसेवा समाज नेपालले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षा लिएका १५ समुहका तीन सहभागी महिलामध्ये व्यवसायीक तरकारी खेतीमा लागेका महिलाको उद्यम बिकासमा सहयोग पुर्याउनका लागि तरकारी खेती सामग्री प्रदान गरिएको हो।

वित्तीय साक्षरता कक्षा लिएर तरकारी खेतीमा लागेका महिलाको प्रयासलाई व्यवसायीकता प्रदान गर्नका लागि नगरपालिकाको आर्थिक सहयोगमा महिलालाई व्यवसायीक तरकारी खेती सामग्री प्रदान गरिएको बाल सेवा समाज सामी परियोजना अन्तर्गतका कार्यक्रम संयोजक ओजोनबाबु आचार्यले बताए। मेयर दिपनारायण रिजाल, उपमेयर बिणादेबी राई लगायतले महिलालाई व्यवसायीक तरकारी खेती सामग्री हस्तान्तरण गरेका हुन्। 

प्रकाशित: २७ जेष्ठ २०७५ ०७:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App