coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

प्रेमकथामा ‘यो पागल मन’

काठमाडौं – तीन वर्षअघि निर्माण भएको फिल्म ‘यो पागल मन’को ट्रेलर सार्वजनिक भएको छ। २०७२ वैशाखमा छायांकन हुने भनिए पनि भूकम्प कारणपछि सरेको फिल्म आगामी असार २९ मा रिलिज हुँदैछ।

राजधानीमा मंगलबार एक कार्यक्रमबीच फिल्म युनिटले ट्रेलर सार्वजनिक गरेको हो । फिल्म निर्देशक कल्याण अधिकारीले फिल्मले प्रेमकथाको कुरा बोल्ने बताए । ‘फिल्ममा विशुद्ध प्रेमकथा छ। आफूले मनपराएको प्रेमिकामा गम्भीर रोग देखिएपछि प्रेमिले भोग्नुपरेको पीडा र उसलाई बचाउन गरेको संघर्ष नै फिल्मको प्रमुख कथा हो,’ निर्देशक कल्याण अधिकारीले भने।

फिल्मका नायक विनोद न्यौपानेले भूकम्पताका फिल्म बनेको स्मरण गरे । ‘हामी फिल्मको सुटिङ तयारी गरिरहँदा भूकम्प गयो। भूकम्पका कारण हामीले एक महिनापछि सुटिङ ग-यौं । निकै तनावपूर्ण अवस्थामा काम गर्नुपरेको थियो,’ विनोदले भने, ‘फिल्ममा म एक प्रेमीको चरित्रमा छु । एउटा प्रेमीले गर्ने संघर्षलाई दर्शकले फिल्ममा हेर्नुहुनेछ।’

फिल्मका निर्माता वीरेन्द्रकुमार यादवले आफ्ना लागि फिल्म क्षेत्र नयाँ भए पनि फिल्मको काम देख्दा रमाइलो लागेको बताए। फिल्ममा विनोदसँगै ऋचासिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, एनी कुँवर, भोमन कटुवाललगायतका कलाकारको अभिनय छ। राजदेवी प्रोडक्सनको ब्यानरमा निर्मित फिल्ममा अर्जुन पोखरेलको संगीत, राजु किराँतको द्वन्द्व, कमल राईको कोरियोग्राफी र शम्भु सापकोटाको छायांकन छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०७:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App