८ वैशाख २०८१ शनिबार
समाज

जुम्ला विमानस्थलको रनवे विस्तारमा पहल

जुम्ला – जहाज अवतरण गर्न र उडाउनको लागि समस्या हुने गरेको भन्दै जुम्ला विमानस्थलको रनवे विस्तारको लागि पहल सुरु भएकोे छ। कर्णालीकै सबैभन्दा सुविधासम्पन्न मानिएको जुम्ला विमानस्थल रनवे कम भएका कारण समस्या हुने गरेको भन्दै सहजै रुपमा अवतरण गर्न र उडाउन मिल्ने गरी बनाउनको लागि पहल भएको हो।

चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवालले विमानस्थललाई स्तरउन्नती गर्न र रनवेको लम्बाई बढाउनका लागि सरोकारवालासँग पहल भइरहेको बताइन्। उनका अनुसार जुम्लाबाट प्रतिनिधत्व गर्ने जनप्रतिनिधि, मन्त्रालय, विभाग र नेतृत्वमा बहस भइरहेको बताइन्। ‘जहाज दुर्घटनाको कारण मैले पति गुमाइसके अब रनवे सानो भएकैकारण अब कुनै पनि जुम्लावासीले ज्यान गुमाउन नपरोस्’, उनले भनिन्।

पाँच वर्षभित्र विमानस्थलको रनवे बढाएर मध्यम खालका जहाज उड्न मिल्ने वातावरण सिर्जना गरिने उनले बताइन्। उनले विमानस्थल प्रमुख कैलाश शर्मालाई नेपालगञ्ज–सुर्खेतबाट उडान भर्ने जहाजका पाइलटसँग समन्वय गरेर खाका तयार पार्नको लागि आग्रह गरिसकेको वताइन्।

अहिले रनवे ६ सय ७० मिटर लम्वाइमा छ। ट्वीनटर र डोनियर जहाज अवतरण त हुन्छन, तर रनवेको लम्वाई बढि भएको भए सहज हुन्थ्यो भन्ने चालक दलको गुनासो सुनिरहन्छ, उनले भने। रनवे छोटो हुँदा, सटटर्न गर्नुपर्दा दुर्घटनाको खतरा निम्तन सक्ने भन्दै लामो भएमा सहजै रुपमा ढुक्क भएर अवतरण गर्न र उडान भर्न सकिने अवस्था रहने उनले बताए।

उनले पर्यटन मन्त्रालय, नागरिक उडयायन प्राधिकरणको कार्यालयसँग रनवे विस्तारको लागि मौखिकरुपमा पहल भइसकेको र  पत्र पठाउने तयारी भइरहेको बताए। ३२ सिटकको जहाज अवतरणका लागि न्युनतम १२५० मिटर रनवे लम्वाई हुनुपर्छ। प्राविधिक टोली आएर हेर्नुपर्छ। अहिले दुवै तिरको हावाको गती मापन गरेर अवतरण गर्न मिल्ने कर्णालीको पहिलो विमानस्थल जुम्ला हो।

मौसम प्रतिकुलताका कारण पनि जहाज दुर्घटना हुन सक्ने विमानस्थल कार्यालय जुम्लाले जनाएको छ। सबै प्रकारको दुर्घटनाबाट बच्नको लागि रनवे फराकिलो र लामो हुनु पर्ने बताइएको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App