१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या

खोटाङ – सर्वोच्च अदालतले बिपी राजमार्गमा ठूला सवारी साधन नगुडाउन अन्तरिम आदेश गरेपछि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा डिजेल, पेट्रोल तथा निर्माण सामग्री ढुवानीमा समस्या भएको छ। विपी राजमार्गमा ठुला सवारी साधन गुडाउन रोक लागेपछि बिराटनगरबाट डिजेल, पेट्रोल तथा निर्माण सामग्री लिएर फर्किएका खोटाङका सयौं मालबाहक सवारी साधन सिन्धुलीमा रोकिएको दिक्तेलका हार्डवेयर व्यवसायी सनमान खड्काले बताए। ‘बिराटनगरबाट लोक गरिएको गाडी सिन्धुलीमा रोकिएको छ, मेरै ५० लाखको ६ गाडी सामान अड्किएको छ,’ खड्काले भने, ‘ढुवानी हुन नपाउँदा सामानको अभाव खड्किन थालेको छ।’

पूर्वी शहर बिराटनगरबाट कटारी–घुर्मीहुँदै उपभोग्य तथा निर्माणका सामग्री खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा भित्रिने गरेको छ। तर कटारी–घुर्मी सडकको ठाँटी खण्डमा हाल सडक मर्मतका काम भइरहेकाले बिराटनगरबाट आउने सवारी साधन मिर्चैया–बर्दिबास–खुर्कोट (विपी राजमार्ग) हुँदै आउनुपर्ने भएपछि सिन्धुलीमा ठूला सवारी साधन रोकिएको हलेसी आयल एण्ड ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर ध्रुब श्रेष्ठले बताए। व्यवसायीका अनुशार कटारी–घुर्मी सडक सञ्चालनमा रहेको भए सर्बोच्चको अन्तरिम आदेशको प्रभाव तीन जिल्लामा पर्दैनथ्यो।

जेठ २२ गते यता जिल्लामा ठूला मालबाहक सवारी साधन भित्रिन सकेको छैन। ठूला मालबाहक सवारी साधन नचल्दा जिल्लामा डिजेल, पेट्रोल, ग्याँस, सिमेन्ट, रड लगायतका निर्माण निर्माण सामग्रीको अभाव सुरु भएको छ। निर्माण सामग्री बाटैमा रोकिँदा भूकम्पीय आवास निर्माणको कामलाई समेत अशर पुगेको श्रेष्ठले बताए। ‘निर्माणका सामग्री माग आइरहेको छ, कसरी दिने?,’ श्रेष्ठले भने, ‘डिजेल नहुँदा सडक खन्ने स्काभेटर चलाउन समेत गा¥हो हुन थालेको छ।’ खोटाङमा दैनिक ८ हजारदेखि १२ हजार डिजेल तथा ५ हजारदेखि ८ हजार लिटर पेट्रोल खपत हुने गरेको छ।

ठूला सवारी साधन बाटैमा रोकिइरहे तीन वटै जिल्लामा डिजेल, पेट्रोल तथा निर्माण सामग्रीको अभाव थप चर्किने देखिएको छ। स्टक सामान रित्तिइरहेको छ। असार नजिकिँदै गर्दा हुने बिकासे कामको हतारोकाबेला डिजेल, पेट्रोल अभाव हुँदा कतिपय ठाउँमा सडक लगायतका भौतिक पुर्वाधार निर्माणको काम प्रभावित भएको नेपाल च्याम्बर्स अफ कमर्स खोटाङका एबै केन्द्रिय सदस्य अध्यक्ष खुसनारायण शैंजूले बताए।

प्रकाशित: २७ जेष्ठ २०७५ ०५:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App