१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

'चीनको भूमिका महत्वपूर्ण'

वासिङ्टन – अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले कोरियाली प्रायद्वीपको विषयमा चीनको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।

‘कोरियाली प्रायद्वीपको विषयमा चीनको भूमिका महत्वपूर्ण हुनेछ, उसले खेल्ने भूमिकाको बारेमा हामीले प्रसस्त मात्रामा कुरा गर्न सक्नेछौं,’ केही विदेशी सञ्चारमाध्यमलाई दिएको अन्तरवार्तामा विदेशमन्त्री पोम्पेओले बताएका छन्।

अमेरिका र उत्तर कोरियाबीच आउँदो मंगलबार शिखर वार्ता हुुँदै छ। त्यसका लागि दुवै देशले वार्ताको अन्तिम तयारी भएको जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीचको वार्ताअघि अमेरिकी विदेशमन्त्रीले दिएको यो प्रतिक्रियालाई अर्थपूर्णरुपमा लिइएको छ। उनको भनाइ थियो चीनले अहिलेसम्म खेलेको भूमिका भने सकारात्मक नै छ । यसै वार्ताको विषयलाई लिएर उत्तर कोरियाली नेताले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरिसकेका छन् त्यसैले यो वार्ताको वातावरण निर्माण पनि भएको छ । चीनले सकारात्मक र रचनात्मक रूपमा ट्रम्प–किम वार्तालाई लिने हो भने कोरियाली प्रायःद्धीपमा शान्तिको स्थापना र दुई कोरियालीबीचको युद्धको अन्त्य धेरै टाढा छैन, सो अन्तरवार्तामा अमेरिकी विदेशमन्त्री पोम्पेओले बताए।

विदेशमन्त्री पोम्पेओ आगामी जुन १४ मा चीन जाने भएका छन्। सो अन्तरवार्तामा उनले आफू आगामी सात चीन भ्रमणमा जान लागेको कुरा पनि सार्वजनिक गरेका छन्। ‘चीन अमेरिकापछिको विश्वको ठूलो अर्थतन्त्र र उत्तर कोरियाको छिमेकी पनि हो यस कारणले पनि अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताबारे उसले निर्वाह गर्ने भूमिका बडो महŒवपूर्ण हुनेछ,’ पोम्पेओले बताएका छन्। अन्तरवार्तामा नै उनले सकारात्मक भूमिका खेल्न पनि चीनलाई सुझाव दिएका छन्। उनले कोरियाली प्रायद्धीपको समस्यालाई शान्तिपूर्ण मध्यमबाट समाधान गर्नु नै सबैको हितमा रहेको पनि बताएका छन्।

प्रकाशित: २७ जेष्ठ २०७५ ०५:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App