coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

लालबन्दी गोल्डकप : एपीएफ र हेटौंडा भिड्दै

सर्लाही – २ नम्बर प्रदेशको सबैभन्दा ठूलो पुरस्कार राशिको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार (आज) सशस्त्र प्रहरीको एपीएफ क्लब र विजय युथ क्लब हेटौंडा भिड्दै छन्।

\लालबन्दी खेलमैदानमा दिउँसो ४ बजेदेखि हुने खेलका लागि दुवै टिम आइसकेको आयोजक समितिका सरोजबाबु न्यौपानेले जानकारी दिए। आजको खेलमा विजयी हुने टिम सेमिफाइनल प्रवेश गर्नेछ।

यसअघि भारतको सिक्किम युनाइटेडलाई पराजित गरिसकेको एपिएफ र बाइ पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेको हेटौंडाबीच कडा प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ। 

प्रतियोगिताको विजेताले ७ लाख  र उपविजेताले ३ लाख ५० हजार प्राप्त गर्नेछन्। उपाधी भिडन्तमा नेपाल पुलिस क्लब, थ्री स्टार क्लब, गोर्खा ब्वाईज रुपन्देही, झापा–११, कास्की–११ लगायतका टिमको खेल बाँकी  छ भने सर्लाही –११, जावलाखेल र भारतको सिक्किम युनाइटेड प्रतियाेिगिताबाट बाहिरिसकेका छन्। फाइनल खेल असार २ गते हुनेछ।

 

प्रकाशित: २७ जेष्ठ २०७५ ०५:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App