coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

सेञ्चुरीका ग्राहकलाई ओम हस्पिटलमा छुट

काठमाडौं – सेञ्चुरी कमर्सियल बैंक र ओम हस्पिटल एन्ड रिर्सच सेन्टरबीच विभिन्न सेवा, सुविधामा छुट दिने विषयमा सम्झौता भएको छ। बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक तथा सेयरधनीलाई सहुलियत दिन उक्त सम्झौता गरेको जनाएको छ।

सम्झौता अनुसार बैंैकको क्रेडिट, डेबिट कार्ड ग्राहक र सेयरधनीले प्याथोलोजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान, मेम्मोग्राम, दन्त प्रक्रिया, सर्जरी, बेड चार्ज, रेडियोलेजी तथा अन्य जाँचमा १० प्रतिशतसम्म छुट पाउने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ओम हस्पिटलका प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०३:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App