coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

रोकियो पासाङल्हामु सडक सुधार

रसुवाको राम्चेमा गाडी धकेल्दै यात्रु। तस्बिरः हिमनाथ/नागरिक

रसुवा - निर्माण सामग्री नहुँदा पासाङल्हामु राजमार्ग सुधार रोकिएको छ। नुुवाकोट र धादिङमा सञ्चालित क्रसर उद्योगहरू बन्द भएपछि राजमार्ग सुधारका लागि गिटी र बालुवा अभाव भएका हुन्।

वर्षा सुरु हुनै लाग्दा निर्माण सामग्री अभाव भएपछि डिभिजन सडक कार्यालय नुवाकोटमा छवटा निर्माण कम्पनीले काम गर्न नसकिने भन्दै निवेदन दिएका छन्। रसुवा र नुवाकोट खण्डमा काम गरिरहेका निर्माण कम्पनीले निर्माण सामग्री अभाव देखाएर काम गर्न नसकिने भन्दै निवेदन दिएका डिभिजन प्रमुख निरज शाक्यले जानकारी दिए।

राजमार्गका विभिन्न स्थानमा भइरहेका ढलान र पिच एक सातादेखि रोकिएको डिभिजन प्रमुख शाक्यले बताए। चालू आर्थिक वर्षमा बजेट अभाव नभएकाले जेठ मसान्तसम्ममा राजमार्ग सुधार सक्ने लक्ष्य राखिएको थियो।

सडकमा पैसा असुल्नेहरूका कारण बेला–बेला रोकिँदै आएको सडक सुधार अहिले सामग्री अभावले ठप्प भएको हो। कार्यालयले राजमार्गको रसुवा खण्डमा सडक चौडा बनाउने, ढलान गर्ने, पिच गर्ने काम गर्र्दै आएको थियो। जिल्लामा सडकको एकाइ कार्यलयसमेत खोलिएको छ।

चीनसँग अन्तराष्ट्रिय व्यापारिक नाका जोड्ने पासाङल्हामु राजमार्गमा नियमित गाडी सञ्चालन व्यवस्था मिलाउन एकाइ स्थापना गरिएको हो। एकाइ स्थापनाले स्तरोन्नति भइरहेको सडक नियमित अनुगमन गर्ने र वर्षाका बेला अवरुद्ध हुने सडक समयमै सक्न सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी कृष्ण पाडेलले जानकारी दिए।

सडक मर्मत तथा सुधारका लागि गत वर्षको बाँकी २ करोड ८५ लाखमा यो वर्ष ३ करोड ३० लाख रुपैयाँ बजेट थप भएर आएको कार्यालयले जनाएको छ।

प्रकाशित: २७ जेष्ठ २०७५ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App