coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

ट्रम्पसँग ‘रचनात्मक’ भेटका लागि पुटिनको अपेक्षा

मस्को- रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपतिसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन्। 

पुटिनले भने, “ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी वहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हो। यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ।” 

ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गत अप्रिलमा निमन्त्रणा पठाएका छन्। उनीहरूबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ। 

रूसी उप विदेशमन्त्री सेर्गेइ -याकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताएका थिए। यो नेताहरूबीच प्रत्यक्ष हुने तेस्रो भेट हुनेछ। 

उनीहरूबीच जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गत वर्षको जुलाईमा भेट भएको थियो। दोस्रो पटक एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गत नोभेम्बरमा भियतनाममा भेटेका थिए। 

यस्तै यस वर्षको मार्चमा दुई नेताले टेलिफोन वार्ता गरेका थिए भने उक्त अवसरमा ट्रम्पले पुटिनलाई वासिङ्टन डिसीको भ्रमण गर्न आमन्त्रण गरेका थिए। दुई देशबीचको सम्बन्धमा सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि, यूक्रेनी सङ्कटका कारण, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण समस्या आएको थियो। 

प्रकाशित: २६ जेष्ठ २०७५ १५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App