७ वैशाख २०८१ शुक्रबार
अन्य

रिसको झोंकमा माओवादी केन्द्रका नेताले माइन्यूट च्यातेपछि...

हीराबहादुर घर्तीमगर

रोल्पा– नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक सुरेन्द्र थापा घर्तीमगरले स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिको माइन्यूटको पन्ना च्यातिदिएका दएका छन्। शनिबार प्राविधिक समितिद्वारा जिल्ला विकास समितिको सूचना हलमा आयोजित बैठकमा संयोजक घर्तीले माइन्यूट पुस्तिकाको तीन वटा पन्ना च्यतिदिएका हुन्। उनले समितिको माइन्यूट पुस्तिका च्याटी दिएको स्विकार गरे ।

‘स्थानिय निकाय पुनःसंरचना प्राविधिक समितिले जिल्लालाई सात वटा सम्म गाउँपालिका बनाउने म्यान्डेट दिएको छ,’ उनले भने, ‘तर जिल्लामा प्राविधिक समितिले पाँच वटा गाउँपालिका बनायो। त्यही निर्णय गरिएको तीन वटा पन्ना मैलें च्यातेको हुँ।’

पाँच वटा गाउँपालिका बनाउने निर्णय मान्य नभएको उनले बताए। जिल्लामा पाँच वटा गाउँपालिका बनाउने निर्णयको विरोध हुँदा हुँदै प्राविधिक समितिले पाँच वटा गाउँपालिका बनाउने पुनः प्रयास गरे स्थिति भयावह हुने चेटावनी उनले दिए । ‘हामीले पाँच वटा गाउँपालिका बनाउने निर्णयको विज्ञप्तिमार्फत विरोध गरी सकेका छौं। प्राविधिक समितिले आयोगको म्यान्डेट विपरीत सात वटा भन्दा कम गाउँपालिका बनाए जिविसविरुद्ध कारवाही गर्छौं।’

बैकठमा सहभागी नेपाली काग्रेसका जिल्ला सदस्य लेखमणी डाँगीले नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक घर्तीले प्राविधिक समितिको माइन्यूट च्यातेर फ्याँकी दिएको बताए। ‘सामान्य अवस्थामै माइन्यूट च्यातियो । सात र पाँच वटा गाउँपालिका बनाउने कुरामा विरोध आयो । दलहरु मिलेर एक खालको सहमति गरौं भन्ने कुरा भयो,’ उनले भने, ‘नेकपा माओवादीका केन्द्रका संयोजकले समितिको माइन्यूट माग्नु भयो । उहाँले कहाँ, कसरी सही गरेका छन् । कसरी निर्णय गरेका रहेछन । हामी पनि हेरौं भन्नु भयो । हातमा माइन्यूट आई पुगे पछि यसो हेरे जस्तो गरेर तीन पन्ना च्यातेर फाली दिनु भयो ।’

समितिको बैठक पुस्तिका च्यातिएपछि केन्द्रमा प्रश्ताव पठाउने कार्य थप अन्योलमा परेको छ । काग्रेसका जिल्ला सदस्य डाँगीले समितिलाई यस अघिको निर्णय नपठाउन भनेको जानकारी दिए । उनले थपे यस अघिको निर्णय नपठाउन भनेको जानकारी दिए । उनले थपे ‘पाँच वटा दलको सहमति हो भनेर पठाउने काम नगर्नु होला भनेका छौं। अब फेरी नयाँ सहमति गरेर पठाउन आवश्यक देखियो।’

समितिको बैठकमा सहभागी नेकपा एमालेका जिल्ला अध्यक्ष हरि प्रसाद घर्तीमगरले प्राविधिक समितिको बैठक पुस्तिका च्यातिनुको कारण थाहा हुन नसकेको प्रतिक्रिया दिए।  ‘किन माइन्यूट च्याते उनी आफैं जानुन । यस अघि समितिले पाँच वटा गाउँपालिका बनाउन गरेको निर्णय सच्याउँ भन्ने कुरा भएको थियो । उनले समितिको माइन्युट मागेर च्याटी दिए।’

समितिले अब दलीय सहमतिविना नै आफ्नै हिसावले प्रतिवेदन पठाउनु पर्ने एमाले अध्यक्ष घर्तीले बताए। ‘अब समितिले आफ्नै हिसावले प्रतिवेदन पठाउँछ होला,’ उनले भने, ‘दलहरुलाई सम्मान गरेर बैठकमा बोलाउँदा यस्तो व्यवहार गरे पछि प्राविधिक समितिले आफ्नै हिसावले प्रतिवेदन पठाउनु पर्छ ।’

जिल्ला विकास समितिका स्थानिय विकास अधिकारी समेत रहेका प्राविधिक समितिका संयोजक शुशिल वैद्यले प्राविधिक समितिको तर्फबाट सर्वपक्षीय, सर्वदलीय सहयोग जुटाउन पहल गरिए पनि सहमति जुट्न नसकेको बताए। उनले भने, ‘शुरुमा सात वटा गाउँपालिकाको प्रश्ताव ग¥यौं । त्यसको केही विरोध भयो । दलीय सहमतिमा पाँच वटा गाउँपालिकाको बनाउने निर्णय ग¥यौं । त्यसको झन विरोध भयो । सहमति जुट्न सकेको छैन ।’ समितिद्धारा आयोजित बैठकमै माइन्यूट पुस्तिका च्यातिएको विषयमा भने उनले मुख खोल्न चाहेनन ।

समितिद्धारा आयोजित बैठकमा राप्रपा नेपालका जिल्ला अध्यक्ष टिकाबहादुर वली, परिवार दलका जिल्ला उपाध्यक्ष खिम बहादुर कुँवर पनि सहभागी थिए । बैठकमा समितिका पदाधिकारी सदस्यको पनि सहभागिता रहेको थियो । समितिको बैठकमै माइन्यूट पुस्तिकाको निर्णय च्यातिएपछि बैठक निष्कर्षविहिन बनेको थियो। समितिले केन्द्रमा प्रतिवेदन पठाउने विषय थप अन्योलमा परेको छ ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य दिपेन्द्रकुमार पुनमगर ‘सिजल’ ले समितिको माइन्यूट पुस्तिका च्यातिनु दुःख भएको प्रतिक्रिया दिए । उनले भने, ‘प्राविधिक सहयोग समितिको माइन्यूट च्यातिनुलाई दुःखद पक्ष मानिनुपर्छ । सात वटा गाउँपालिका बनाउने पहिलो प्रश्तावमै असहमति भई रहेको सन्दर्भमा गाउँपालिकाको संख्या बनाउनु पर्छ।’

प्रकाशित: १८ भाद्र २०७३ १२:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App