coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

अक्षयकुमारको ‘ट्वाइलेट’ चीनमा रुचाइयो

मुम्बई– बलिउड अभिनेता अक्षय कुमार अभिनित फिल्म ‘ट्वाइलेट एक प्रेमकथा’ले चीनमा आक्रामक व्यापार गरेको छ। भारतीय बक्स अफिसमा हिट भएको फिल्मले चीनमा पनि राम्रो सुरुवात गरेको हो। 

फिल्मले प्रदर्शनको पहिलो दिन १५ करोड ९४ लाख भारुको कारोबार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। यो आँकडा सँगै चीनमा पहिलो दिन धेरै कलेक्सन गर्ने दोस्रो हिन्दी फिल्म बनेको छ ट्वाइलेट हिरो। यो फिल्म हेर्न पहिलो दिन करिब ५ लाख मानिस हल गएको बताइएको छ। वितरकका अनुसार फिल्मले दिनमा ५६ हजारभन्दा बढी शो पाइरहेको छ। फिल्मलाई चीनमा रुचाइएपछि अभिनेता अक्षय कुमारले ट्वीटरमार्फत दर्शकलाई धन्यवाद भनेका छन्। 

सन् २०१८ मा चीनमा रिलिज भएका फिल्ममा ट्वाइलेट छैठौं फिल्म हो। यसअघि बजरंगी भाईजान, दंगल, हिन्दी मिडियम, सीक्रेट सुपरस्टार र बाहुबली २ प्रदर्शन भएका थिए। हाल चीनमा प्रदर्शनरत ट्वाइलेटले भारतमा १३५ करोड लाइफटाइम कलेक्शन गरेको थियो।

श्री नारायण सिंहको निर्देशनमा बनेको ट्वाइलेटमा अक्षय कुमारलाई अभिनेत्री भूमी पेडनेकरले साथ दिएकी छिन्। अनुपम खेर र सना खानको पनि मुख्य भुमिका रहेको छ। 

प्रकाशित: २६ जेष्ठ २०७५ ११:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App