१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

खोलामा डुबेर मृत्यु

बैतडी– खोलामा नुहाउने क्रममा दशरथचन्द नगरपालिका–४, गोठालापानीका २५ वर्षीय अशोकमणी भट्टको मृत्यु भएको छ।

पिकनिक गएका उनी दशरथचन्द नगरपालिका ८ र ९ को सीमा खोला निलगड गाडमा डुबेर  मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। शनिबार दिउँसो करिब १ बजे खोलमा नुहाउने क्रममा डुबेका हुन्। जिल्ला प्रहरी कार्यालयबाट प्रहरी र स्थानीयले

खोजतलास गर्दा एक घण्टापछि मृत्यु अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख नेत्रमणी गिरीले बताए।

प्रकाशित: २६ जेष्ठ २०७५ ११:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App