८ वैशाख २०८१ शनिबार
समाज

बैंक शाखा प्रबन्धकै एटिएमबाट २ लाख रुपैयाँ चोर्ने पक्राउ

रौतहट– रौतहटको सदरमुकाम गौरमा रहेको राष्ट्रिय वाणिज्य बैंकका निमित्त शाखा प्रबन्धककै एटिएमबाट दुई लाख रुपैयाँभन्दा बढी नगद चोरी गर्ने एक जनालाई रौतहट प्रहरीले पक्राउ गरेको छ।  

रावाबैंक गौरका निमित्त शाखा प्रबन्धक सुरेन्द्र साह र निजकी श्रीमती अनिता साहको नाउँमा रहेको एटिएमबाट दुई लाख अठाइस हजार रुपैयाँ निकाली फरार रहेका रौतहटकै मुडबलवा गाविस– ५ का दिनेश पण्डितलाई प्रहरीले पक्राउ गरेको हो।

निमित्त शाखा प्रबन्धक साह र उनकी पत्नीको नाउँमा रहेको एटिएम कार्ड चोरेर सोको कोड पनि डायरीबाट चोरेर पण्डितले पैसा निकाल्न सफल भएको प्रारम्भिक अनुसन्धानबाट देखिन आएको प्रहरी प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीको भनाइ छ। पक्राउ परेका पण्डितलाई हिरासतमा राखी आवश्यक थप अनुसन्धान भइरहेको उनले जानकारी दिएका छन्।

प्रकाशित: १८ भाद्र २०७३ ११:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App