१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

जन्मथलोमा मुस्कुराईरहे डा. उपेन्द्र देवकोटा

गोरखा- उपचाररत् बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखा आउने सूचना पाएपछि बिहानैदेखि उनको घर रहेको पण्डित गाउँमा भिडभाड थियो। छिमेकी गाउँबाट समेत भेट्न आएका शुभेच्छुकले उनको घरको आँगन भरिएको थियो।

दिउँसो दुई वटा हेलिकप्टर देवकोटाको घर नजिकै बोहोरा गाउँमा ल्याण्ड भए। एउटा हेलिकप्टरमा देवकोटा थिए भने अर्कोमा उनका सहयोगिहरु। त्यसपछि उनलाई स्ट्रेचरमा बोकेर घरमा पुर्याइयो। करिव १५ मिनेटमा घर पुगेपछि घरको पीँढिमा उनलाई राखियो। उनले आफ्नो पुर्खौली घरमा भेला भएका शुभेच्छुक, आफन्त र गाउँलेहरुलाई मुस्कुराएर अभिवादन गरे। डा. देवकोटाले आफ्ना गाउँलेहरुलाई हेर्दै मुस्कुराईमात्र रहे तर केही बोलेनन्। उनीसँगै थिए श्रीमती डा. मधु र छोरीहरु मेघा, बसुधा र मन्जरी।

उपचाररत् बरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटा आफ्नो जन्मथलो गोरखा आउने सूचना पाएपछि बिहानैदेखि उनको घर रहेको पण्डित गाउँमा भिडभाड थियो। छिमेकी गाउँबाट समेत भेट्न आएका शुभेच्छुकले उनको घरको आँगन भरिएको थियो।

जन्मथलोमा भेला भएका गाउँलेहरुलाई श्रीमती डा. मधु देवकोटाले डा. देवकोटा आफ्ना गाउँलेलाई भेट्न आएको बताइन्। ‘उहाँ तपाईहरुलाई भेट्न आउनु भएको हो’, उनले भनिन्। डा. देवकोटाले करिव ४० मिनेट आफ्नो घरमा विताए। सिस्नेपानी धाराको पानी पिए। सिस्नेपानी धाराको पानी उनको परिवारले फर्किँदा काठमाडौं समेत लगेका छन्। डा. देवकोटाले जन्मथलो जाने, घरमा बस्ने र सिस्नेपानी मुलको पानी पिउने इच्छा व्यक्त गरेपछि उनलाई आज गोरखा लगिएको थियो।

बेलायतमा आफ्नो उपचार थप जटिल भएपछि बाँकी जीवन नेपालमै बिताउने अठोटसहित डा.देवकोटा फर्किएका थिए। उनकै अगुवाईमा स्थापना भएको बाँसवारी स्थित न्यूरो अस्पतालमा अहिले उनको उपचार भइरहेको छ। डा. देवकोटालाई गत कात्तिकमा स्वास्थ्य समस्या देखिएको थियो। सर्वप्रथम उनको ग्यास्ट्राइटिसको उपचार गरिएको थियो। केही दिनपछि सिटी र एमआरआई गर्दा पित्तनली थिचिएर ‘अबस्ट्रक्टिभ जन्डिस’ भएको देखिएको डा. देवकोटा आफैंले बताएका थिए। उनी मंसिर ५ गते थप उपचारका लागि बेलायत गएका थिए। बेलायतको किङ्स कलेज हस्पिटलमा अल्ट्रासाउन्ड र वायस्पी गर्दा उनको कोलोन्जियो कार्सिनो (पित्तथैली) मा क्यान्सर प्रमाणित भएको थियो।

प्रकाशित: २६ जेष्ठ २०७५ ११:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App