८ वैशाख २०८१ शनिबार
फोटो फिचर

यसरी पुनर्निर्माण भैरहेको छ दशरथ रंगशाला (फोटो फिचर)

काठमाडौं- विश्व फुटबलको महाकुम्भ ‘विश्वकप’ले सारा विश्वको ध्यान खिरिचरहँदा नेपालकै एक मात्र अन्तर्राष्ट्रिय रंगशाला भने टालटुल पुनर्निर्माण ढाँचामा अघि बढिरहेको छ।

रंगशाला देशको पहिचान समेत हो। खेलाडीहरुको लागि पाठशाला। तर हाम्रो विडम्बना भएकै एकमात्र खेलमैदानको अवस्था पनि दयनीय छ। २०७२ वैशाख १२ को भूकम्पले रंगशाला क्षत्विक्षत बनाइदिएपछि नेपाली खेलाडीको दैनिकी प्रभावित बनेको छ।

अहिले विश्व खेलजगत रुसमा हुने विश्वकप फुटवलमा केन्द्रित छ। यो पटकको विश्व विजेता को बन्ला फुटवलका पण्डितहरु मात्र होइन चोकचोकमा अनुमान सार्वजनिक भइरहेका छन्। तर हाम्रो एक मात्र रंगशाला भने पुननिर्माणकै चटारोमा छ।  

पुननिर्माणमा ढिलाई हुँदा भूकम्पको तीन वर्ष वित्दा पनि नियमित खेलको लागि रंगशाला तयार हुन सकेको छैन। जसका कारण प्राय खेल तथा प्रशिक्षण प्रभावित बनेका छन्। ६ दशक पुरानो रंगशालाको पुननिर्माण मात्र स्तरोन्तीको पनि आवश्यकता छ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App