कम्युनिष्टको काम नेपाली जनतालाई दुःख दिने हो : देउवा

शनिबार, २६ जेठ २०७५, १५ : ०३ पुष्कर भण्डारी

डडेल्धुरा-नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले नवगठित नेकपाले जनतालाइ दुःख दिएको आरोप लगाएका छन् ।   

कांग्रेस जिल्ला कार्य समिती डडेल्धुराको जिल्ला सम्मेलनमा सहभागि हुन गृह जिल्ला डडेल्धुरा पुगेका पुर्वप्रधानमन्त्री समेत रहेका देउवाले सम्मेलन पुर्व सदरमुकाम डडेल्धुरामा नागरिकन्युजसंग कुरा गर्दै कम्युनिष्टको शासनमा जनताले दुःख पाइरहेको बताए । देउवाले भने, “दुःख दिन बाहेक कम्युनिष्टलाइ केही आउदैन, जनताले विस्तारै बुझ्छन । आर्थिक बर्ष २०७५÷०७६ को बजेटले जनतालाई बोझ थप्ने काम गरेको छ, यो सरकारको काम नेपाली जनतालाई दुःख र बोझ थप्ने त होनी ।”  

सरकारका अनैतिक कामकार्वाहीको आफुहरुले कडा विरोध गरिरहेको बताउदै देउवाले कांग्रेस कडा विपक्षिको भुमिका निर्वाह गर्दै अघि बढीरहेको बताए। कांग्रेस भित्रका अन्तर्घातीलाई कार्वाही नभए पार्टी नचल्ने बताउदै सभापति देउवाले अन्तर्घातीलाइ कार्वाही भएरै छाड्ने बताए ।

डडेल्धुरालाई सात नं. प्रदेशको राजधानी बनाईनु पर्ने स्थानीयको माग छ नी भन्ने प्रश्नमा सभापती देउवाले आफुले राजधानी बनाउन नसक्ने बताए । उनले हास्दै भने, “डडेल्धुरा राजधानी बनाउन सक्छु मैले, पत्याउने कुरा गर्नु पर्यो नि । सबका सबै रिसाएका छन् । काँ सक्छु राजधानि बनाउन मैले । डडेल्धुराको विकास भयो भने, अझ राम्रो भयो भने, सडक बाटो चौडा भयो भने, सुदुरपश्चिमको एउटा पर्यटकिय क्षेत्र भने डडेल्धुरा हुनसक्छ ।” देउवाले डडेल्धुरा बर्खे राजधानी भने बन्न सक्ने बताए ।

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad