coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कर्णाली प्रदेशले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिने

सुर्खेत- कर्णाली प्रदेश सरकारले ठूला पूर्वाधार निर्माणलाई प्राथमिकता दिने भएको छ। शनिबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा भारत र चीनलाई जोड्ने रेलमार्ग, सुर्खेतमा प्रदेशस्तरीय विमानस्थल, हुम्ला र रुकुममा पर्यटकीय विमानस्थल निर्माणको काम अघाडि बयाउने सरकारले जनाएको छ। ‘एक वर्षभित्र रेलमार्ग र विमानस्थलको संभाव्यता अध्ययन गरेर सार्वजनिक निजी साझेदारीमा निर्माण कार्य सुरु गरिने छ’ नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख दुर्गाकेशर खनालले भने, ‘अनुसन्धानविना दिगो विकास असम्भव हुने भएकाले कर्णाली प्रदेश सरकारले भौतिक पूर्वाधारको विकास गर्न अनुसन्धान र विकासको यथोचित व्यवस्था मिलाएको छ।’

नीति तथा कार्यक्रममा समग्र कर्णालीको विकासका लागि जिआइएस तथा रिमोट सेन्सिङ विधिबाट अध्ययन गरी यथासिघ्र गुरुयोजना बनाइने उल्लेख छ । सरकारले आगामी पाँच वर्षभित्र प्रतिव्यक्ति आय २१ सय डलर पुर्‍याउने महत्वाकांक्षी लक्ष्य पनि सार्वजनिक गरेको छ । ‘जनताका आकांक्षा, आवश्यकता, आवाजमा आधारित वैज्ञानिक योजना निर्माण र त्यसको कार्यान्वयन  गरिने छ’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘यसको माध्यमबाट आगामी पाँच वर्षमा कर्णालीका जनताको प्रतिब्यक्ति आय २१०० डलर पुर्‍याइने छ।’

नीति तथा कार्यक्रममा पछाडी परेको भू–भागका समुदाय र परिवारलाई योजना तथा विकास कार्यक्रममा प्राथमिकता दिइने उल्लेख छ। यसका साथै त्यस्ता परिवार र समुदायलाई ‘एक घर एक रोजगारी’ कार्यक्रम सञ्चालन गरी वर्षमा १०० दिनको रोजगारी दिने नीति लिइने उल्लेख छ।

 

प्रकाशित: २६ जेष्ठ २०७५ ०८:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App