म कानूनभन्दा माथि छैन : ट्रम्प

शनिबार, २६ जेठ २०७५, ०९ : ४२ एजेन्सी

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू ‘कानूनभन्दा माथि नभएको’ बताएका छन् ।तर अमेरिकी राष्ट्रपतिका रूपमा सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानमा भएको भनिएको हस्तक्षेपबारे आफूलाई क्षमा याचना गर्ने ‘पूर्ण अधिकार’ भने आफूमा निहीत रहेको उनले दाबी गरेका छन् ।

क्यानडामा हुँदै गरेकोे औद्योगिक राष्ट्रहरूको समूह जी–७ का सदस्य राष्ट्रहरू बेलायत, फ्रान्स, जर्मनी, इटाली, जापान, संयुक्त राज्य अमेरिका, क्यानडा, र सन् १९९८ पछि सदस्य बनेको रूस सम्मिलित शिखर सम्मेलनमा सहभागी हुन जाने क्रममा अमेरिकी राष्ट्रपतिले आफूले प्रसिद्ध मुक्केवाज मुहम्मद अलिलाई मरणोपरान्त क्षमा दिन लागेकोसहित केही व्यक्तिलाई क्षमादान दिन लागेको योजना रहेको बताउँदै तर आफैबारे केही नगर्ने बताए।

ट्रम्पले भने, “म कानूनभन्दा माथि छैन । मैले कोही कानूनभन्दा माथि होस भन्ने पनि कहिल्यै सोचेको छैन । म आफूलाईसमेत क्षमा दिन पाउँछु तर प्रमुख कुरा के हो भने मैले गल्ती गरेकै छैन भने किन माफी माग्ने  यो सवैलाई थाहा भएकै कुरा हो।”

यसअघि गत सोमबार पनि अमेरिकी राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको सम्भावित रूसी हस्तक्षेपबारे क्षमा याचना गर्ने ‘सम्पूर्ण अधिकार’ आफूमा निहित रहेको भए पनि गल्ती नै नगरेको व्यक्तिले माफी माग्नु नपर्ने  उनले बताएका थिए।उनका वकील रूडी गिलानीले पनि अमेरिकी कानूनले राष्ट्रपतिलाई क्षमादान गर्ने शक्तिको व्यवस्था गरेको छ तर यसमा ‘कठीन’ राजनीतिक जटिलता आउनसक्ने बताएका थिए। रासस

 





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad