७ वैशाख २०८१ शुक्रबार
राजनीति

फेरि जुट्दै राप्रपा

काठमाडौं – सत्ता राजनीतिका कारण पटकपटक विभाजन खेप्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरु फेरि पार्टी एकीकरण गृहकार्यमा जुटेका छन्। प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रो पराजयसँगै राप्रपाबाट छुट्टिएर गठन भएका राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) सहितका दल एक हुने तयारीमा जुटेका हुन्। उनीहरुले पार्टी एकताका लागि छुट्टाछुट्टै कार्यदल गठन गरेका छन्।

दोस्रो तहका नेताहरुले पार्टी एकताका लागि आन्तरिक छलफर्ल तीव्र्र बनाएका छन्। देशबाहिर रहेका प्रकाशचन्द्र लोहनी स्वदेश फर्केलगतै एकताका लागि छलफललाई तीव्र बनाउने तीनै पार्टीका शीर्ष नेताको तयारी छ। राप्रपा (प्रजातान्त्रिक) ले पार्टी एकता विस्तार एवं सहजीकरणका लागि कार्यदल गठन गरेको छ।

पार्टी अध्यक्ष पशुपतिशमशेर जवराले उपाध्यक्ष दीपक बोहोराको संयोजकत्वमा अर्का उपाध्यक्ष विक्रम माण्डे, महामन्त्री सुनिल थापा र नेता ठाकुरप्रसाद शर्मा सदस्य रहेको कार्यदल गठन गरेका हुन्। राप्रपाले यसअघि नै उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा टंक ढकाल र राजेन्द्र लिङ्देन रहेको कार्यदल गठन गरेको छ। उपाध्यक्ष तामाङले पार्टीबाट छुट्टिएर अलग दल बनेका सबैलाई एकताबद्ध बनाएर लैजाने प्रयास सुरु भएको जानकारी दिए। ‘अब विभाजित हुने होइन एकताबद्ध भएर जानुपर्छ भन्नेमा सबैको सहमति छ,’ उनले भने, ‘असारको पहिलो साताबाट पार्टी एकताका लागि गहन छलफल अघि बढ्छ।’

प्रकाशित: २६ जेष्ठ २०७५ ०३:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App