८ वैशाख २०८१ शनिबार
खेल

सर्जियो एग्वेरोमाथि तीन खेलमा प्रतिबन्ध

म्यानचेस्टर— अर्जेन्टिाइन स्ट्राइकर सर्जियो एग्वेरोले तीन खेलको प्रतिबन्ध लागेपछि म्यानचेस्टर डर्बी गुमाउने भएका छन्।

प्रिमियर लिगअन्तर्गत घरेलु मैदानमा सम्पन्न वेस्ट ह्यामविरुद्धको खेलमा खेल भावना विपरीत कार्य गरेको भन्दै दि फुटबल एसोसिएसनले एग्वेरोमाथि तीन खेलको प्रतिबन्ध लगाएको हो।

दि फुटबल एसोसिएनका अनुसार एग्वेरोले सेप्टेम्बर १० मा म्यानचेस्टर युनाइटेड, सेप्टेम्बर १७ मा बोर्नमाउथ र सेप्टेम्बर २१ मा स्वान्सिविरुद्ध हुने खेल गुमाउने छन्।

उनले उक्त खेलको ७६ औ मिनेटमा वेस्ट ह्यामका विस्टन रेडलाई कुइनोले गर्धनमा प्रहार गरेका थिए।
उनले प्रिमियर लिगको सुरुवाती तीन खेलमा तीन गोल गरिसकेका छन्।
 

प्रकाशित: १८ भाद्र २०७३ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App