६ वैशाख २०८१ बिहीबार
समाज

एमके अग्रवालको घरमा छापा, सुन तस्करीमा प्रयोग गर्ने ज्याकेट बरामद

काठमाडौं- ३३ किलो सुन तस्करी र सनम हत्याकाण्डका मुख्य नाइके भनिएका एमके भनिने भन्ने मोहनकुमार अग्रवालको घरमा प्रहरीले छापा मारेको छ। कालिकास्थानस्थित घरमा छापा मारेर ३० लाख नगद, १० तोला सुन, गाडी र सुन बोक्न प्रयोग गरिने ज्याकेट वरामद गरिएको स्रोतले जनाएको छ।

अग्रवाल फरार रहेका छन्। उनकी श्रीमति समेत सम्पर्क बाहिर रहेकी छन्। अग्रवालको घरबाट अन्य महत्वपूर्ण कागजपत्र समेत बरामद गरेको स्रोतले बतायो। ३३ किलो सुन र सनम हत्या प्रकरणमा गृहका सहसचिव इश्वरराज पौडेल नेतृत्वको टोलीले छानविन गरिरहेको छ।

 

प्रकाशित: २५ जेष्ठ २०७५ १४:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App