८ वैशाख २०८१ शनिबार
खेल

आर्मी प्रधानमन्त्री कपकाे फाईनलमा

काठमाडाै-त्रिभुवन आर्मी क्लब काठमाडौमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाईनल प्रवेस गरेको छ ।

त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा आर्मीले प्रदेश ५ लाई १ सय ५४ रनको विशाल अन्तरले पराजित गर्दै फाइनलमा आफ्नाे स्थान सुरक्षित गरेको हो।

टस हारेर पहिले ब्याटिङ् गरेको आर्मीले सागर पुनको १ सय १८ रनको विशाल योगफलमा निर्धारित ५० ओभरमा ८ विकेट गुमाई २ सय ८९ रन जोड्यो। यस्तै आर्मीका लागी भीम सार्कीले ७७ रन जोडे । प्रदेश ५ का कृष्ण कार्कीले ३ तथा विक्रम भुसालले २ विकेट लिए।

२ सय ९० रनको विजयी लक्ष्य सहित जवाफी ब्याटिङ गरेकाे प्रदेश ५ आर्मीको टोली सामु निरीह देखीयो। प्रदेश ५ ले ३५ दशमलव ५ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाउँदै १ सय ३५ रन मात्रै जोड्दा आर्मी १ सय ५४ रनले विजयी भयोे। प्रदेश ५ का कृष्ण कार्कीले अविजीत रहँदै सर्वाधिक ३१ रन जोड्दा शंकर रानाले २३ रन जोडे। पराजीत टोलीको व्याटिङ ध्वस्त पार्ने क्रममा आर्मीका विक्रम सोब र सुसन भारीले तिन तिन विकेट लिए।

शनीबार हुने दोश्रो सेमिफाइनल खेलमा नेपाल पुलीस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लब प्रतिस्पर्धा गर्नेछन्।
 

प्रकाशित: २५ जेष्ठ २०७५ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App