coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

लान्जिनीले गुमाए विश्वकप

अर्जेन्टिना-अभ्यासका क्रममा घाईते भएपछि अर्जेन्टिनाका मध्यपंक्तिका खेलाडी म्यानुयल लान्जिनी विश्वकप फुटबल खेल्न नसक्ने भएका छन्।

अभ्यासका क्रममा घुँडाको लिगामेन्टमा असर पुगेपछि उनी विश्वकप खेल्न असमर्थ भएका हुन्। २५ वर्षीय लान्जिनी ईङ्लिस क्लब वेष्ट ह्यामबाट खेल्दै आएका छन् । उनी यसअघीनै अर्जेन्टिनाको २३ सदसीय टोलीमा परिसकेका छन्। घाइते भएर खेल्न नसक्ने अवस्थामा पुगेका लान्जिनीको स्थानमा कसलाइ ल्याउने भन्ने बारे अहिलेनै निर्णय भइसकेको छैन।

ईङ्लिस क्लब वेष्ट ह्यामबाट गत सिजन २७ खेलमा सहभागीता जनाएका लान्जिनीले ५ गोल गरेका थिए भने गत साता हाईटीसँग भएको मैत्रीपुर्ण खेलमा समेत सहभागी भएका थिए। उक्त खेलमा अर्जेन्टिना ४–० गोलअन्तरले विजयी भएको थियो।

प्रकाशित: २५ जेष्ठ २०७५ १२:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App