coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

कलाकारमय बन्यो फोटो प्रदर्शनी

काठमाडौं– ‘छक्का पन्जा’ फिल्मको प्रवर्द्धनमा व्यस्त रहेकी अभिनेत्री प्रियंका कार्की शनिबार एक्कासी बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा छुल्किइन्। फोटो पत्रकार क्लबको आयोजनामा भएको आइएमई–ग्लोबल–आइएमई नेपाल फोटो प्रतियोगिता २०७३ मा छानिएका उत्कृष्ट तस्बिरहरुको प्रदर्शनी हेर्न उनी नेपाल आर्ट काउन्सिलमा पुगेकी हुन्।

प्रदर्शनीमा रहेको झण्डै एक सय ५० वटा फोटोहरु हेरेपछि उनले प्रतिक्रियापनि दिइहालिन्। ‘साँच्चिकै फोटोहरु उत्कृष्ट छन्। फोटोहरुले सुन्दर देश नेपाललाई नजिकबाट नियाल्न प्रोत्साहित गरेका छन्,’फोटोहरु अवलोकन गरेपछि उनले प्रतिक्रिया समेत दिइहालिन्। यस वर्षको फोटो अफ द इयर २०७३ टाइटल जित्न सफल दीपकरत्न बज्राचार्यले खिचेको फोटो हेरिरहँदा उनीसँगै रहेकी अभिनेत्री दीपाश्री निरौलासँग फोटोबारे कुराकानीहरु समेत गरिरहेकी थिइन्।

‘भूकम्प गइरहेको बेला मानिसहरु सम्हालिन पाइरहेका थिएनन्। त्यस्तो अवस्थामा समेत फोटो खिचेर उत्कृष्ट हुनु आफैमा ठूलो कुरा हो। यो फोटो रहेपछि भूकम्पमा जाँदै गरेको दृश्य फेरि एकपटक सम्झिने माहोल मिल्यो,’ फोटो नियाल्दै उनी भनिरहेकी थिइन्। अभिनेत्री कार्की प्रदर्शनीका फोटोहरु नियालिरहँदा मोबाइलबाट फोटोहरु समेत खिच्न व्यस्त थिइन्।

बिहीबारदेखि नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनीमा १ सय ५० वटा फोटोहरु प्रदर्शनमा राखिएका छन्। फोटो प्रदर्शनीमा फोटो हेर्न पुगेका अभिनेता नाजिर हुसेन नवीन बरालको फोटो स्टोरी हेरेर गम्भिर भए। ‘गाँठो’ फिल्मको प्रिमियरमा सहभागि हुन अष्ट्रेलिया उड्न अभिनेता हुसेन प्रदर्शनीका फोटोहरु नियाल्नेमात्र हो भने नेपालबारे धेरै कुरा जानिने बताउँछन्।

‘नेपालका हुने विभिन्न गतिविधि नियाल्नमात्र होइन सुन्दर नेपाललाई बुझ्नसमेत यो प्रदर्शनीले सहयोग गरेको छ। प्रदर्शनीमा सबैखालका नेपाल झल्काउने फोटोहरु समावेश भएका रहेछन्। प्रदर्शनी हेरेपछि अझ नजिकबाट नेपाल बुझ्न पाए,’ उनले भने।

‘झुम्की’ फिल्मको प्रचारप्रसारका लागि राजधानीमा रहेकी अभिनेत्री रेश्मा गुरुङ प्रदर्शनी नियाल्न नेपाल आर्ट काउन्सिल पुगेकी थिइन्। फोटो प्रदर्शनी हेर्न पुगेका सर्वसाधारण्महरुले उनीसँग फोटो समेत खिचाए। पोखरामा बसेर नेपाली फिल्ममा सक्रिय रहेकी अभिनेत्री रेश्माले प्रदर्शनीमा रहेको फोटोहरुबाट नेपालको विभिन्न पक्षलाई बुझने अवसर पाएकोमा आयोजकलाई समेत धन्यवाद दिइन्। ‘फोटो प्रदर्शनी राखिएका फोटोहरु साँच्चिकै उत्कृष्ट छन्। सुख दुःख, हाँसो रोधन र प्रोत्साहन गर्ने खालका फोटो हेर्न पाँए। भूकम्पको फोटोहरुले भने भावुक बनायो।’

फिल्म प्रमोसनमा खटिएकी अभिनेत्री दीपाश्री निरौला केहीबेर फोटोहरु रहेर आनन्द अनुभव गर्न पाएको प्रतिक्रिया दिइन्। ‘फिल्म प्रमोसनले गर्दा तीज र दर खुवाउने कार्यक्रममा समेत राम्ररी सहभागि हुन नसकिरहेको अवस्थामा फोटो प्रदर्शनीले मुड फ्रेस बनाइदिएको छ। नेपालभित्रपनि राम्रा फोटोहरु खिच्न सकिन्छ भन्ने खिच्नुपर्छ भनेर सबैलाई प्रोत्साहित गरिदिएको छ,’उनले भनिन्। प्रदर्शनीमा नेपाली मनोरञ्जन क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।

राजधानीबाहेक विराटनगर, धरान, सौराह, भैरहवा, पोखरा, नेपालगन्ज र धनगढीमा समेत फोटो प्रदर्शनी हुनेछ। फोटो प्रदर्शनीमा प्रतियोगिता अन्तर्गतको घुमफिर कल्चर एन्ड टुरिजम, वाइल्ड लाइफ एन्ड नेचर, डेली लाइफ, न्यूज फोटो, नेपाल स्माइल,स्पोर्टस र फोटो स्टोरी गरी सात विधाका उत्कृष्ट फोटोहरु राखिएका छन्।

प्रतियोगिताका लागि देशभरबाट विभिन्न सात बिधामा ६ हजार ६ सय ७० फोटो प्राप्त भएको छ। यसवर्ष देशभरबाट आठ सय ११  व्यवसायिक र ६ हजार ६ सय ७० एमेच्योर फोटोग्राफरहरुले प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रदर्शनी आगामी भदौं २१ सम्म चल्नेछ ।

तस्बिरहरूः प्रबिन कोइराला

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App