७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बेकह्याम दम्पतीको सहयोगी मन

बेलायती राजकुमार ह्यारीको बैबाहिक समारोहमा सहभागी डेभीड र भिक्टोरीया

बेलायत-बेलायतका चर्चीत पूर्व फुटबल खेलाडी डेभिड बेकह्याम र उनकी श्रीमती भिक्टोरीयाले गत महिना बेलायतका राजकुमार ह्यारीको बैबाहिक समारोहमा सहभागी हुँदा लगाएको पहिरन एक परोपकारी कोषलाई उपलब्ध गराउने भएका छन्।

गत वर्ष म्यान्चेस्टरमा भएको बम आक्रमणमा परी ज्यान गुमाएका र प्रभावित भएका घरपरिवारका लागी रकम जुटाउने कार्यमा सहयोग गर्न स्थापित भएको ‘वि लभ म्यान्चेस्टर’ को आपतकालीन कोषलाइ बेकह्याम जोडीले आफुले लगाएको पहिरन उपलब्ध गराउने भएका हुन्।  

बेकह्याम दम्पतीले उपलब्ध गराएको पहिरनलाइ खरीद गर्न समर्थकहरुले अनलाइन ड्र मा सहभागी हुनुपर्ने छ । सहभागीताका लागी १८ पाउन्ड स्टर्लिङ्गबाट टिकट प्रारम्भ हुनेछ । यसरी प्राप्त भएको रकम आपतकालीन कोषमा बचत हुनेछ ।

आफुले लगाएका पहिरन कोषलाइ सहयोगका लागी उपलब्ध गराउने बताउदै बेकह्यामले भने “कोषले म्यान्चेस्टर आक्रमणका प्रभावितहरुलाइ गर्न लागेको सहयोग प्रशंसनीय छ ,कोषलाई सहयोग गर्न पाएकोमा म खुसी छु । ”

कोषको वेकह्याम जोडीको पहिरन सार्वजनिक गर्दै भनेको छ, ‘यो तपाईको पनि हुन सक्छ यसलाइ तपाइ आफ्नो विवाहमा समेत लगाउन सक्नुहुन्छ ।’

प्रकाशित: २५ जेष्ठ २०७५ १०:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App